बिएल संवाददाता
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जातजातिबीच हुने भिन्नताहरूका विषयमा आदिवासी जनजाति आयोगले सोही अनुरुप काम गर्न सुझाव दिएका छन्।
सोमबार आदिवासी जनजाति आयोगको चौंथौ वार्षिकोत्सव समारोहमा बोल्दै उनले जातजातिका विषयमा पछाडि परेका कुराहरूलाई नीति निर्माण गरी अगाडि लैजान आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘मलाई लाग्छ हिजो जातिको महत्व नबुझ्दाखेरी आफ्नो जातिको पहिचानलाई ल्याउन नसकेको र नचाहेको अवस्था थियो। अहिले त्यसको महत्व बढेको छ। अहिले प्रतिस्पर्धा बढेको छ। कुन जाति कहाँ बसेको छ त्यसमा ध्यान गएको देखिदैन्।’
उनले जातजतिका विशेषताहरूलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि भएको बताए। साथै सबै क्षेत्रहरूमा सबै जातिहरूलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए।
उनले सबै जातजातिका संस्कृतिहरूले समाज समृद्ध बनाउनमा मद्दत पुर्याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहने बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया