बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थायित्वका लागि मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएको दाबी गरेका छन्।
कांग्रेसका ७७ जिल्लाका सभापतिहरूको भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफसमेत गर्न भ्याए। उनले एउटा मात्र पार्टीको बहुमत आउन नसकेपछि कुनै न कुनै दलसँग मिल्नुको विकल्प नभएको बताए।
‘(एमाले-कांग्रेस) पहिला पनि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हौँ। ओलीसँग हामी सँगै जेल पनि बसेका हौँ। उहाँ लामो समय जेल बस्नुभएको हो। यो सरकारको स्थायित्व स्पष्ट छ।’
उनले मुख्य प्रतिस्पर्धी दलसँगै मिलेर सरकार बनाउँनुपर्दा केही समस्या पनि आउनसक्ने हुँदा मिलेर समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले मुलुकमा स्थिरता भयो भने मात्र विकास हुने दाबी गर्दै अहिले हुनुपर्ने जति विकास नभएको पनि बताए।
उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन्। केही समस्या आउन सक्छन्। त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया