बिहिबार, २१ अगस्ट २०२५

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश, फेरि प्रभुको ग्यारेन्टी?

बुधबारदेखिको बयान र थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश आएको हो। बुधबार लामिछानेको थुनछेक बहस नसकिएपछि न्यायीक हिरासतमा पठाइएको थियो। रविविरुद्ध जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय किताबखानाकाे सेवा सबै प्रदेशमा विस्तार गर्न सांसद घर्तीको माग

उनले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीकाे नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय कारबाहीलगायतका विवरण अद्यावधिक गर्ने र पेन्सन पट्टा दिने राष्ट्रिय किताबखानाकाे सेवालाई सबै प्रदेशमा बिस्तार गर्नुपर्ने माग गरेकी हुन्। उनले भनिन्, ‘देशभर लाखौंका संख्यामा रहेका र रहने निवृत्तहरूलाई पेन्सन पट्टा बनाउन काठमाडौंमा अनिवार्य उपस्थित भई अपनाउनुपर्ने  लामाे प्रक्रियाले झन्झटसँगै खर्चिलाे भएको छ। साथै परम्परागत कार्यशैलीका कारण किताबखानाकाे पारदर्शिता र जवाफदेहीतामाथि प्रश्नसमेत उठ्ने गर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटोफिचर)

बलिउडकी डान्सर नोरा फतेही कनाडाकी हुन्। तर फिल्मको लागि जूनुन र ग्लामरको दुनियाँमा नाम कमाउनका लागि नोरा मुम्बई छिरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्यान्सरविरुद्ध पाचौं संस्करणको ‘पिंक केयरथन म्याराथन’ हुँदै

सन २०१७ देखि सुरु गरिएको प्रतियोगिताको यो पाचौं संस्करण हो। प्रतियोगिताका उत्कृष्ट तीन विजयीहरूलाई ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। अन्य विधामा विजयीहरूका लागि आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको आयोजक लिजरपोर्ट नेपालका प्रमुख नवराज जोशीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृमन्त्रीले भने- जातीय विभेद र छुवाछुतविरुद्ध सँधै उभिनेछु

तथ्यहरूलाई तोडमोड गरेर समाजलाई अनावश्यक रुपमा विभाजनमा धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे। सत्येन्द्रकुमार र नेहाको अन्तरजातीय विवाह छुटाउँन गृमन्त्री र प्रहरीकै मिलेमतो रहेको दाबी गर्दै समाचारहरू प्रकाशित भएका थिए। सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा चिपगु नीललाई उत्कृष्ट कल्चरल चलचित्रको अवार्ड

सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवम् महोत्सवका राष्ट्रिय निर्णायक प्रमुख शम्भुजीत बासकोटालगायतले विकास बोर्डमा आयोजित समापन समारोहमा वितेजाहरूलाई अवार्ड प्रदान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘सरकार ढाल्छु भनेको होइन, सँगै कुर्सी राखेर देखाइराख्नु पर्दैन’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय शेरबहादुर देउवालाई समय अगावै कुर्सी हस्तान्तरण गर्छु भनेको भन्यै गरेको भन्दै यसले सत्तारुढ दलबीच विश्वास नरहेको पुष्टि गर्ने दाबी गरे। उनले देउवाको कान र आँखा तगडा रहेको भन्दै सँधै एकै कुरा दोहोर्‍याउँन आवश्यक नरहेको व्यंग्य गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

बिहीबार लामिछानेविरुद्ध तीन जिल्लाका न्यायाधिवक्ताले बहस गरेका थिए। बारा जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ जिल्लाबाट आएका दशरथ पंगेनीले बहस गरेका थिए। त्यस्तै रवि पक्षका वकिलहरूले रविमाथिको मुद्दाको प्रतिवाद गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अछाम पुगेर बादलले भने- जनयुद्ध ‘हिंसा’ नै हो, ओलीको भनाइमा सहमत छु

बादलले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गर्दै माओवादीहरूको स्टन्टबाजी मात्र भएको टिप्पणी गरे। उनले जनयुद्ध दिवस मनाउँने माओवादीको गलत डिसिजन भएको दाबी गरे। ‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन, माओवादीहरूको एक ढंगको स्टनबाजी हो। गणतन्त्र दिवस मनाउने हो, क्रान्ति पूरा गरेकाले गणतन्त्र दिवस मनाइएको हो, त्यो मनाइरहिएको छ। जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसलाई प्रचण्डको प्रश्न- सत्ताका लागि मात्रै सहकार्य हो की राजनीतिक दृष्टिकोणमैं एमाले भइसकेको?

कांग्रेसमा पहिले सुनिने गठबन्धन विरोधी गनगन र करकर यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो। तपाईंहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ। सकियो त? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित

दुई वटा विधेयकहरू पेस भएर बिहीबारको बैठक स्थगित भएको हो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन्। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन् भने शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोटीहोमका लागि चौताराका बर-पिपल मुडुलै पारेपछि…

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम गर्न कोही कसैले महानगरबाट स्वीकृति नलिएको जानकारी दिंदै स्वीकृत नलिएको अवस्थामा कोटीहोम गर्ने नदिने स्पष्ट पारेका छन्। उनले अनधिकृत रुपमा बरपिपलका रुख काट्नेलाई कानूनको दायरामा ल्याइने बताए। पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेशनले महानगरसँग स्वीकृति नलिई पोखरा १४, १३ र ६ मा बरपिपलका रुख काटेर थुपारेकाले जफत गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

ओलीले गरे प्रचण्डको सम्बोधन बहिष्कार, प्रचण्डको चित्त दुखाइ

बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोमा दुःखेसो गरे। उनले भने, ‘संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्दा प्रतिपक्षी दलका नेताहरू उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ। प्रधानमन्त्री आउँनुहुन्छ भन्ने मलाइ लागेको थियो। तर, आउनु भएन’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब संसदमै सुमनाले भनिन्- बोल्न दे सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धि  विधेयकमा युवाहरूको  विरोध भएकाले सरकारले यसको  समाधान गर्नुपर्ने बताएकी छन्। उनले सबै सांसदहरूले युवाहरूको आवाज बोक्नुपर्ने बताइन्। उनले युवाको आवाज ‘बोल्न दे सरकार’ भन्ने रहेकाले पनि जनताको आवाजलाई  दबाउँन नहुने  बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपाल सत्ता पक्षकै बेन्चमा छ, उपेन्द्रजी अध्यादेशमा सकारात्मक हुनुहुन्छः कांग्रेस

प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरू परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन्। उनले भने, ‘आज अध्यादेश पेस हुन्छ। ५१ वटा अस्वीकारका सूचनाहरू परेको छन्। यो सबैमाथि छलफल हुन्छ। छलफल भएर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गरिने छ। त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ। पारित हुनेमा ढुक्क छौ। जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ। उहाँहरूको समर्थनसहितले यो अध्यादेश  पनि हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवसँग ओली र देउवाको छुट्टाछुट्टै भेटवार्ता, मागे उपप्रधानसहित परराष्ट्र मन्त्रालय

प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत भएपनि राष्ट्रिय सभामा बहुमत छैन। दुवै सदनमध्ये एकले मात्र अध्यादेश अस्वीकार गरेमा खारेज हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभामा जसपा नेपालका ३ सदस्य निर्णायक हुनेछन्। बुढानिलकण्ठ स्रोतले भने अध्यादेशकै विषयमा छलफल भएको स्पष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाटो बिराएका लाखौं युवायुवतीलाई ‘ट्रयाक’मा ल्याउने वाङ्दी को हुन्? (भिडियाेसहित)

छिरिङ वाङ्दीले शून्यबाट सुरु गरेको ‘सोबर रिकवरी’ अहिले नेपालको उत्कृष्ट सुधार केन्द्र बनेको छ। कुलतमा फसेका युवालाई उकास्ने उद्देश्यका साथ सञ्चालन गरिएको सोबरले कुलतमा फसेका लाखौं युवा युवतीलाई नयाँ जीवन दिइसकेको छ। र, निरन्तरता दिइरहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लामिछानेविरुद्ध बहस गर्न ३ जिल्लाका सरकारी वकिल चितवनमा

बुधबार चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस नसकिएपछि बिहीबार आज फेरि बहस सुरु भएको हो। हिजो लामिछानेलाई बिहीबार ११ बजे अदालतमा उपस्थित गराउनु गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

इटहरी उपमहानगरका मेयर र उपमेयर आमन-सामने

कर्मचारी सरुवा गरेर मेयर पौडेल भारत गएका थिए। त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन्। कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो। तर, मेयर पौडेल उल्टाएको निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन्। अर्कोतर्फ उपमेयरको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संजिव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको अवस्था छ। शाखा प्रमुख खड्का भने सातौं तहमा बढुवा भएर सुनसरीकै देवानगञ्ज गाउँपालिकामा पोष्टिङ भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

नाचघरमा नेपाल–भारत रंग महोत्सवः पहिलो दिन ‘गच्छामी’ मञ्चन (तस्बिरहरू)

माघ ३० गतेसम्म चल्ने महोत्सवमा नेपालका तीन र भारतका तीन गरी छ वटा नाटक मञ्चन हुनेछन । जसमा नेपालका ‘...गच्छामी’, दीया मास्केद्धारा निर्देशित ‘कथा कस्तुरी’ (माघ २४ गते) र नम्रता केसीद्धारा निर्देशित ‘जून–परीकथा मात्र होइन’ (माघ २७ गते) तथा भारतका अजय कुमारद्धारा निर्देशित ‘माई री मै कासे कहूँ’ (माघ २८ गते), राजेश सिंहद्वारा निर्देशित ‘बाबूजी’ (माघ २८ गते) र चितरंजन त्रिपाठीद्वारा निर्देशित ‘ताजमहलका टेंडर’ (माघ ३० गते) रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं