बिएल संवाददाता
एमाले सांसद ईश्वरी घर्तीले राष्ट्रिय किताबखानाकाे सेवालाई सबै प्रदेशमा विस्तार गर्नुपर्ने माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीकाे नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय कारबाहीलगायतका विवरण अद्यावधिक गर्ने र पेन्सन पट्टा दिने राष्ट्रिय किताबखानाकाे सेवालाई सबै प्रदेशमा बिस्तार गर्नुपर्ने माग गरेकी हुन्।
उनले भनिन्, ‘देशभर लाखौंका संख्यामा रहेका र रहने निवृत्तहरूलाई पेन्सन पट्टा बनाउन काठमाडौंमा अनिवार्य उपस्थित भई अपनाउनुपर्ने लामाे प्रक्रियाले झन्झटसँगै खर्चिलाे भएको छ। साथै परम्परागत कार्यशैलीका कारण किताबखानाकाे पारदर्शिता र जवाफदेहीतामाथि प्रश्नसमेत उठ्ने गर्छ।’
उनले संघीय ढाचाअनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालय, शिक्षा समन्वय ईकाई र सम्बन्धित निकायबाट प्रक्रिया प्रारम्भ गरी अनलाइन आवेदन प्रक्रियालाई अनिवार्य र डिजिटल सेवा प्रणाली लागू गर्दै सबै प्रदेशबाट पेन्सन पट्टा दिने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएकी छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया