बिएल संवाददाता
नेपाली कांग्रेसले जनता समाजवादी नेपालसहितको समर्थन सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने दाबी गरेको छन्।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरू परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन्।
उनले भने, ‘आज अध्यादेश पेस हुन्छ। ५१ वटा अस्वीकारका सूचनाहरू परेको छन्। यो सबैमाथि छलफल हुन्छ। छलफल भएर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गरिने छ। त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ। पारित हुनेमा ढुक्क छौ। जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ। उहाँहरूको समर्थनसहितले यो अध्यादेश पनि हुन्छ।’
उनले संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको र उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको पनि जानकारी दिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया