बुधबार, २० अगस्ट २०२५

पाँच करोडको बहुमूल्य ‘टल्किने ढुंगा दिन्छु’ भन्दै ठग्ने ३ पक्राउ

प्रहरी निरीक्षक जिसीका अनुसार उनीहरूले आफूलाई पाँच करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभन दिएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन्। पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

संसारभर कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए। यो कम्युनिष्टहरूको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकारले पाथीभराको धार्मिक आस्थामा असर नगर्ने चन्द्र ढकालको दाबी

उनले भने, ‘मिडियाहरूमा माथि फाइभ स्टार होटलहरू छन् रे, डेटिङ्हरू बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ। यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ। तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन। यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन्। यो गलत हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा घटनालाई अतिरञ्जना गर्ने ५१ युट्युब च्यानल काउन्सिलको निगरानीमा, १५ च्यानल साइबर ब्युरोमा

काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिएर सनसनीपूर्ण बनाउने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानलमाथि धमाधम कारबाही गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपाल ट्रायथलन संघ’को सातौं वार्षिक साधारणसभा सम्पन्न

संघका संस्थापक तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमको सफलताका साथै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। संघका उपाध्यक्ष पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादललाई ‘आजिवन कारावास’ हाल्न दीपशिखाको माग

बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिको माओवादी समर्थकले विरोध गरेका छन् भने एमाले सर्मकले स्वागत गरेका छन्। सापकोटा भन्छन्, ‘माओवादीका पूर्वनेता रामबहादुर थापाले जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केजरीवालद्वारा हार स्वीकार, मोदीको पार्टीलाई दिए बधाई

उनले आफूहरू सत्ताको लागि राजनीतिमा नआएको दाबी गर्दै संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र समाजसेवाका काममा बढी ध्यान दिने प्रतिवद्धता गरे। २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)को पुनरागमन हुने लगभग निश्चित बनेको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जित निकाल्दा ४६ सिटमा अग्रता लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

हिजो गन्ध आएको थियो, कार्यालय सहयोगीलाई सोधें- पानी तताउने मेसिन तातेर होला भन्नुभयो

उनले भने,‘ हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो। मैंले कार्यालय सहयोगीलाई सोधें, उहाँले पानी तताउने मेसिन हिट भएर होला भन्नुभयो। अनि प्लग निकालेर सवा पाँच बजे निस्कियौं। बिहान यस्तो दुखद घटना भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बस्नेतको दाबी- दिल्लीमा केजरीवालजस्तै नेपालमा रविको पतन निश्चित छ

रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे। दिल्लीमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार दिल्लीमा आम आदमीको किल्ला भत्किने देखिएको छ। भाजपाले आपलाई कडा चुनौती दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसैको दवाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरू लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे। उनले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्दै यहाँभित्र मूल्याङ्कन र अवसरका क्रममा आफ्नो तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा पनि जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयको भवनमा आगलागी- हिजैदेखि आइरहेको थियो जलेको गन्ध

उनले मन्त्री प्रदीप यादवको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको बताए। तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण भने आइसकेको छैन। सीसी क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नै बोलीले फसे मीनबहादुर, हर्कले दिए अख्तियारमा उजुरी

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाको रेकर्डमा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको देखिएको साम्पाङको उजुरीमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी

खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको बताएका छन्। आगलागीबाट दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरूमा क्षति पुगेको छ। प्रहरी स्रोतका अनुसार केही कागजातसमेत जलेर खरानी भएको छ। यद्यपि प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्रीको कडा निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पताल सञ्चालकलाई त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक, भने- एक्लाएक्लै पनि छलफल गर्नुपर्ने देखियो

उनीहरूले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमहरूमा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी-निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न निर्माणधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनः विचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्ने लगायत सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायती राजकुमार दम्पती पोखरामा, गोर्खा सैनिकमा भर्ती भएकाहरूसँग भेटघाट

समारोहमा उपस्थित अन्य व्यक्तित्वहरू नेपालका लागि बेलायती राजदूत रोब फेन; गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डीएसओ एमबीई; गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टीडी पीसी; ब्रिटिश गोर्खा नेपाल (बीजीएन) का कमाण्डर कर्नल ड्यान रेक्स एमभीओ; र बीजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरणको अवलोकन गरे।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सबैभन्दा ठूलो एवम घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन

प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्याकाण्ड भएको पुष्टि गरे। घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन्। विद्यालय परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए। मृत्यु हुनेमा गोली प्रहार गर्ने संदिग्ध पनि रहेको प्रहरीले जनाएको छ। उनी को थिए भन्ने आधिकारिक रुपमा पुष्टि नभएपनि ३५ बर्षीय बेरोजगार व्यक्ति रहेको अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मदन राईलाई साढे दुई वर्षको कैद सजाय

कृषि विज्ञ भनेर चिनिएका मदन राईलाई बालयौन दुरुपयोगको मुद्दामा अदालतले साढे २ वर्ष कैद तोकेको छ। खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अदालतले माग्याे दिनेश त्रिपाठीमाथि हातपात गर्नेहरूसँग धरौटी

दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राईविरूद्ध ज्यान मार्न नहुने कसुरमा मुद्दा दायर भएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिकोणात्मक श्रृंखलामा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित

त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोली पराजित भएको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं