बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको राजनीतिबाट रविको पतन निश्चित रहेको दाबी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चित रहेको बताएका हुन्।
रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे।
दिल्लीमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार दिल्लीमा आम आदमीको किल्ला भत्किने देखिएको छ। भाजपाले आपलाई कडा चुनौती दिएको छ।
उनले भनेका छन्, ‘इन्डियामा लामो समयदेखी पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ।नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका व्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय, भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा, नेपालमा रवि लामिछानेको उदय, सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ।
बस्नेत अन्त्यमा भन्छन्, ‘बालेन्द्र र हर्केको कुरै नगरौं।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया