
‘सीआईडी हौं’ भन्दै दिनदहाडै खानतलासी गर्दै हिँड्ने दुई युवक पक्राउ
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका ३२ वर्षीय जीवन थापा छन्। उनीहरूले माघ २४ गते आफूहरूलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गरेका थिए। खानतलासीपछि १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए।

बिएल संवाददाता - काठमाडौं