शनिबार, १६ अगस्ट २०२५

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अख्तियारको कार्यक्रममा भएनन् सहभागी

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४‍औं स्थापना दिवस कार्यक्रममा सहभागी हुने तयारीमा रहेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उपस्थित हुन नसकेको बालुवाटार स्रोतले बतायो।

आज बिहान पौने ९ बजे उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका थियो। तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपस्थित हुन नसकेका हुन्।

बालुवाटार स्रोतले बिरामीको अवस्थाबारे स्पष्ट जानकारी दिएन। उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको र सरकारी निवासमै आराम गरिरहेको स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!