बिएल संवाददाता
ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारा छन्।
गत माघ २४ गते मध्यरातमा प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल र फुलाराको ग्याङले आक्रमण गरेको थियो।
मदिराले लठ्ठ भएर हो-हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए। आक्रमणका मूख्य नाइके जोशी भने फरार छन्।
उनीहरूले ‘केपी ओलीको मान्छे हौं’ भन्दै प्रहरीमाथि आक्रमण गरेका प्रत्यक्षदर्शीले बताएका छन्।
आक्रमणमा परी टाउको र शरीरमा चोट लागेका हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो। जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया