बिएल संवाददाता
अभिनेत्री तथा पूर्व ब्यूटी क्वीन इशिका तनेजा यतिबेला चर्चामा छिन्।
‘इन्दु सरकार’ मा देखिएकी इशिकाले आफूलाई अध्यात्म र सनातन धर्ममा समर्पित गरेकी छिन्।
हालै नायिका महाकुंभ पुगेकी थिइन्, जहाँ उनले अमृत स्नान गरिन् र योसँगै उनले आफ्नो अभिनय करियरलाई अलविदा गरिन्।
इशिका तनेजाले अब बलिउड र अभिनयलाई अलविदा भनिन्। इशिकाले नै यसको घोषणा गरेकी छिन्। तर, उनी साध्वी बनेकी छैनन्, बरू आफूलाई सनातनी मान्छिन्।
अध्यात्म मार्गमा हिड्ने घोषणा
हालै इशिका तनेजाले प्रयागराजमा चलिरहेको महाकुम्भमा पवित्र स्नान गरी अभिनयलाई अलविदा गरिन्।
अब नायिकाले धर्मको बाटोमा हिँड्दै अध्यात्म र सनातन धर्मको प्रवद्र्धन गर्नेछिन्। २०१७ मा इशिका लोकप्रिय फिल्म निर्माता मधुर भण्डारकरको फिल्म ‘इन्दु सरकार’ मा देखिएकी थिइन्।
यस फिल्ममा कृति कुल्हारी, नील नितिन मुकेश र अनुपम खेर जस्ता कलाकारको महत्वपूर्ण भूमिका थियो। फिल्ममा इशिकाको कामको पनि निकै प्रशंसा भएको थियो।
मिस वर्ल्ड टुरिज्मको उपाधि
२०१६ मा, इशिकालाई तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतका १०० सफल महिलाको श्रेणीमा राष्ट्रपति पुरस्कार प्रदान गरेका थिए।
इन्स्टाग्राममा इशिकाका १६ लाख फलोअर्स छन्। इशिकाले कम फिल्म गरेकी भए पनि आफ्नो अभिनयले दर्शकको मन जित्न सफल भएकी छिन्।
यसपछि उनले २०१८ मा मिस वर्ल्ड टुरिज्मको उपाधि जितेकी थिइन्। यसैबीच उनी केही सामाजिक काममा पनि व्यस्त भइन् र अहिले श्रीलक्ष्मी बनेर सनातन धर्मको प्रचारप्रसार गर्ने मन बनाएकी छिन्।
धर्मकाे प्रचार
अभिनयबाट टाढा भएपनि सनातन धर्मको प्रचारप्रसार गर्न सकिने चलचित्रमा काम गर्ने मौका पाएमा पक्कै पनि त्यस्ता चलचित्रमा काम गर्ने अभिनेत्री बताउँछिन्। अर्थात्, इशिकाले धार्मिक फिल्म गर्ने विचार गर्न सक्छिन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया