बिएल संवाददाता
कपिलवस्तुमा आफूलाई प्रहरीको सीआईडी भन्दै स्थानीयवासीको घरमा खानतलासी गर्दै हिँड्ने दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका ३२ वर्षीय जीवन थापा छन्।
उनीहरूले माघ २४ गते आफूहरूलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गरेका थिए। खानतलासीपछि १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए।
माघ २६ गते साँझ उनीहरूलाई वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया