सोमबार, २६ अक्टोबर २०२६

एनपीएल–३ उद्घाटन खेलः सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

News Image
• • •

लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शानदार सुरुवात गरेको छ ।

उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

ब्याटिङमा लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४० र आसिफ शेखले ३२ रन बनाए। बलिङमा सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो।

ब्याटिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए।

बलिङतर्फ लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए। 

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन बनेको थियो।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा मध्याह्न १२ बजे विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रोमा बेलुका ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!