बुधबार, २० अगस्ट २०२५

महाकुम्भको मेलामा अम्बानी परिवारको डुबुल्की

रियायन्स उद्योगका अध्यक्ष मुकेश अम्बानी आफ्नो परिवारको साथ महाकुम्भमा नुहाउन गर्नका लागि प्रयागराज गएका थिए। उनीसँगै सबै परिवार त्यहाँ पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बबरमहल जलमग्न, विशेष अदालतमा बाढी पस्यो

बाढीले विशेष अदालत, जिल्ला अदालत, वन परिसरलगायतका सरकारी कार्यालय डुबानमा परेका छन्। उद्दारका लागि नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएका छन्। पाइप फुटेपछि काठमाडौंका विभिन्न क्षेत्रमा खानेपानी नेटवर्क अवरुद्ध हुने आयोजनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थुनामा पठाउँने आदेशविरुद्ध छविलालले ढकढक्याए उच्चको ढोका

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासको आदेशविरुद्ध मंगलबार जोशीले उच्च अदालतमा निवेदन दिएका थिए। जोशीको निवेदनमा बुधबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका  न्यायाधीश न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने पक्राउ

प्रहरीले आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना पाएको थियो। माघ २८ गते वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले क्त पसलको तलासी लिंदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गरिँदै

‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्तर्गत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने,‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बुधबार बिहान ११ः५६ बजे जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

मध्यम वर्गका साझा समस्या: जीवनभरि ऋणको बोझ

मास्टर्स सकेको काकाको छोरो ऋण काढेरै युरोप छिरेको दश वर्ष भइसक्यो। पीआर बनाउने चक्करमा अझै नेपाल फर्किएको छैन। ऋणको बोझ काँधमै राखेर भेन्टिलेटरबाट छोराको प्रतीक्षा गर्दागर्दै थाकेका काकाले जीवनबाट विश्राम लिए। पति वियोगमा रहेकी काकी भने छोरा फर्कने आशमा प्राण धानिरहेकी छिन्। कहिले पीआर बनेर छोरो फर्कने हो पत्तो छैन। काकाको उदाहरण दिंदै मेरा बाले ऋण खोजेर मलाई विदेश पठाउने हिम्मत गरेनन्। तर डीभी पर्ने मेरो आशा अझै मेटिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - सीमा बन

नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छः उपप्रधानमन्त्री सिंह

‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईंहरूले अधिकतम उपयोग गर्नुपर्छ।’ उपप्रधानमन्त्री सिंहले पाटन संयुक्त क्याम्पसको पूर्वाधार विकासमा गर्नुपर्ने काम यस क्याम्पसका प्रमुख र विद्यार्थीका प्रतिनिधिहरूसंग छलफल र समन्वय गरेर बजेट व्यवस्थापन गरेर समाधान गर्ने प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

नेसपा (नयाँ शक्ति)को मतगणना सुरु, कसले मार्ला बाजी?

पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदमा ७० पदका लागि निर्वाचनबाट प्रतिष्पर्धा भएको हो। २० पदका उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टीको अध्यक्ष पदका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ शक्तिको महाधिवेशनले पारित गर्‍यो १३ प्रस्ताव (पूर्णपाठ)

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे प्रस्ताव पारित गरेको छ। काठमाडौंमा तिन भएकाे महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकदिन २७०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकैदिन ८ वटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दैछ। जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन्। यसैअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा पानी जहाज: सात वर्षपछि बल्ल कानुन निर्माणको थालनी

नेपालमा पानी जहाज संचालन गरिने सपना वि.स.२०२७ सालमै बनाइएको थियो। त्यसबेला ऐन पनि निर्माण गरी काम अघि बढाइएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालयको तामझामका साथ उद्घाटन पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेसपा (नयाँ शक्ति)को मतगणना सुरु, अध्यक्षमा कसले मार्ला बाजी?

पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदमा ७० पदका लागि निर्वाचनबाट प्रतिष्पर्धा भएको हो। २० पदका उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टीको अध्यक्ष पदका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्रले अध्यादेश अस्वीकार गरेपछि बालुवाटारमा कांग्रेस-एमालेको आकस्मिक बैठक

प्रतिनिधिसभामा बहुमत भएपनि अध्यादेश पारितका लागि राष्ट्रिय सभामा जसपा नेपालबीना बहुमत नपुग्ने भएपछि अध्यादेश पारितका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले एक्लाएक्लै वार्ता गरेर उपेन्द्रलाई मनाउँने प्रयास गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहले गरिब जनतालाई दुःख दिने काम गरेः अमरेशकुमार सिंह

‘लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो- महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भने भनेर भन्न खोज्या हो। उहाँलाई विकास गर्नु छ भने पार्क बनाए हुन्छ। तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरूलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंमा चोरीमा संलग्न गिरोहका सदस्यहरू पक्राउ

उनीहरूको साथबाट प्रहरीले सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा गरी लगभग ११ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने उपेन्द्रको निर्णय

जसपा नेपालले अन्य ५ अध्यादेशमा भने समर्थन गर्ने बताएको छ। संसदीय दलको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने बताएका हुन्। यादवले सो अध्यादेश सरकारले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्न र बाँड्न ल्याएको दाबी गरेका हुन्। जसपा नेपालले सो अध्यादेशको विपक्षमा मतदान गर्ने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं