बुधबार, २० अगस्ट २०२५

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ। गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरूको सहभागीतामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलि रंगशालामा भिड्दै नेपाल र चीन

चीनको परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको अवसर पारेर काठमाडौंमा दुई मुलुकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ठमेलमा प्रहरी कुट्ने जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ७ दिन हिरासतमा राखेर जोशीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शानदार मःम पसलमा ग्याँस विस्फोट: थप एक जनाको मृत्यु

कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ। माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति भएपछि लामो समयदेखिको विमानस्थल निर्माणको विषय सुल्झिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने कांग्रेसकाे तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने बताएका छन्। शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ कार चोरेर भाग्दाभाग्दै सकियाे पेट्रोल, अनि समातिए मन्ताेष

विराटनगरबाट कार चोरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका छन्। विराटनगरको एयरपोर्ट मोडको पूजा इन्टरनेट प्रालिको कार राति करिब २ बजेतिर चोरी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

विकल्प प्रयाेग गरेर अध्यादेश सफल बनाउँछाैं: शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश सफल हुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले विकल्पहरू प्रयोग गरेर भएपनि अध्यादेश सफल बनाउने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुठी किसानलाई जग्गाधनी प्रमाणपुर्जाका लागि कानूनी व्यवस्था मिलाउन निर्देशन

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी किसानहरूले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बजेट अभावका कारण रोकियो मकवानपुर गोल्डकप

सातौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप २०८१  नहुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले तत्काल यो वर्ष प्रतियोगिता नहुने सम्भावना रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैंडा

त्रिशूलीमा मोटरसाइकल खस्दा चालक बेपत्ता, भेटियो भारतीय सेनाको परिचय पत्र

चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन्। शुक्रबार इच्छाकामना गाउँपालिका–५ कालिखोला पुल नम्बर–३ मा बागमती प्रदेश ०६(०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा चालक त्रिशूलीमा खसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘भ्यालेन्टाइन डे’ मनाउन कहाँ जाने?

भ्यालेन्टाइन डे कसरी मनाउने सोचमा हुनुहुन्छ? पक्कै पनि धेरैजसोको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने नै होला। झन भ्यालेन्टाइन डेमा रमणीय स्थल घुमेर आनन्द लिनुको मजा बेग्लै हुन्छ। यस दिन अधिकांश व्यक्तिले घुम्नका लागि रमणीय र सुनसान स्थलहरु नै छनौट गर्छन। त्यस्ता रमणीय स्थलहरु काठमाडौं उपत्यका भित्र धेरै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ। आयोगले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान सुरू गरेकाे आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले ल्याएकाे अध्यादेश दुवै सदनबाट पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन्। नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वकाे टाेलीहरूसँगको भेटमा ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै नसक्ने अवस्था आयो: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको काम पूर्णरूपमा रोक लगाउने सर्वोच्च अदालतको आदेशले नेपालमा थप विकास निर्माण नै गर्न नसकिने अवस्था आएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रेमिल जोडीका लागि सधैं ‘भ्यालेन्टाइन डे’

विशेषगरी प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे भन्ने वित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ। तर प्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटसाट गर्ने अवसरका रुपमा लिने गरिएको मिस नेपाल एवम नायिका नम्रता श्रेष्ठ बताउँछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाेराले गरे आमाकाे हत्या

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा छाेराले आमाकाे हत्या गरेका छन्। २१ वर्षीय युवक सरोज परियारले आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ मनाइँदै

किंवदन्ती हेर्दा ‘एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए। त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए। त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’ मनाइन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई कोरिया भ्रमणकाे निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा.चाल्र्स एस याङले शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं