बिएल संवाददाता
चीनको परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको अवसर पारेर काठमाडौंमा दुई मुलुकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ।
काठमाडौंको दशरथ रंगशालामा भोलि दिउँसो हुने उक्त मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ।
ङफङ नामी चिनियाँ नयाँ वर्ष कप प्रतियोगिता भोलि दिउँसो साढे २ बजे शुरु हुने छ। त्यसअघि आधा घण्टा सांस्कृतिक कार्यक्रम देखाइने कार्यक्रम छ।
काठमाडौंस्थित चिनियाँ दूतावास,नेपाल टुरिज्म बोर्ड,राष्ट्रिय खेलकुद परिषद, एन्फालगायत विभिन्न संघ संस्थाको आयोजना र सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताले दुई मुलुकबीच जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने विश्वास लिइएको छ।
गत वर्ष पनि काठमाडौंमा यस्तै प्रतियोगिता आयोजना गरिएको र नेपालले छिङ्गहाइको युवा टोलीलाई ५ गोल हानेको थियो। यसपालि युन्नान प्रान्तको खुन्मिङ्गबाट फुटबल टोली आएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया