बुधबार, २० अगस्ट २०२५

सरकारले विद्रोहको आवाजलाई ‘अराष्ट्रिय तत्त्व’ भन्याे!

सत्ताले परिवर्तन र विद्रोहको आवाजलाई ‘अराष्ट्रिय तत्त्व’, ‘विदेशी दलाल’, ‘परिचालित’ आदि भनेको त हामी सुन्दै आएका हौँ। अहिलेका सत्तासीन दल र नेताहरूलाई समेत परिवर्तनको पक्षमा बोलेका बेला यस्तै भनिएको थियो होला। तर दुर्भाग्य के छ भने अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सीमान्तकृत समुदायका आवाजलाई सरकारले सुन्ने हैन दबाउने, माग सम्बोधन गर्ने हैन यस्ता आवाज बोल्नेहरूको चरित्रहत्या गर्नेतिर लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ दिल्लीमा बिहानै भूकम्पको धक्का

भारतको राजधानी नयाँ दिल्लीमा बिहान सबेरै भूकम्प गएको छ। बिहान ५ बजेर ३६ मीनेटमा गएको ४ रेक्टर स्केलको भूकम्पले नयाँ दिल्ली र वरपरको क्षेत्रलाई हल्लाएको छ।  यसअघि जनवरी ७ को बिहान चीनको सिचाङमा गएको ७.१ रेक्टर स्केलको भूकम्पको धक्का पनि महशुस गरिएको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयकै कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने सम्भावना बढ्यो

‘प्रतियोगिता समयमा गर्ने कुरामा खेलकुद मन्त्रालय उदासीन देखिएको छ। मन्त्रीज्यूले प्रतियोगिताप्रति ध्यान नदिँदा फेरि पनि प्रतियोगिता समयमा नहुने सम्भावना बढेको छ’, राखेप सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)ले चिन्ता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

पार्टी छोड्नेहरू ‘घर न घाट’को भए, सुटुक्क भेट्ने कुरा भएको छः माधव नेपाल

‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ। यसका पछाडि राम्रो नियत देखिदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीविरुद्धको मुद्दामा ‘कारण देखाउ आदेश’ जारी

गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै अध्यादेशमार्फत जग्गा बेचबिखन गर्न खोजेको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित गत माघ २९ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको अबहेलनामा मुद्दा दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु साहले अपमान गरेपछि ओलीले भने- के म मेनपावरको मान्छे हुँ?

‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन? ‘युवा विदेश पठाएर’ जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो? तपाईंले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनमतका सांसद खानलाई बन्दुकधारीको पहरा, पोज-पोजमा खिचाए तस्बिर

ती तस्बिरहरू गौर नगरपालिकाको सबगढास्थित जमसेदकै घरमा खिचिएको खुलेको छ। जमसेद आफैंले सामाजिक सञ्जालमा सानका साथ पोस्ट गरेका तस्बिरमाथि प्रहरीले अनुसन्धान थालेपछि उनले तस्बिरहरू हटाइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

केबलकार समर्थकलाई धरानमा कालोमोसो दल्दै कुटपिट

जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतिलगायतको उपस्थित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

बेलुन विस्फोटका घाइतेको अवस्था सुधारोन्मुख, भेटघाट बन्द

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयुमा उपचाररत दुवैजनाको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालले जनाएको हो। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारोन्मुख रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा दैनिक रेल चलिरहेको छ, अझै विस्तार गरिन्छः प्रधानमन विस्तार हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद प्रतिक्षा तिवारीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइ यात्रुबाहक रेलसेवा दैनिक संचालनमा आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारको हुती छैन: झलनाथ खनाल

उनले बहुदलीय समाजवाद भन्नु भन्दा मात्र भएको बताए। उनले भने,‘हामी अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नया युगमा छौं। अब प्राप्त गर्न बाँकी समाजवाद हो। अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो। त्यो बैज्ञानिक समाजवाद होइन। कसैले प्रजातान्त्रिक समाजवाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फन्डा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलुन विस्फोटबारे अनुसन्धान गर्न गृहमन्त्रीले बनाए छानबिन समिति

समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो? त्यसको विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनता जागिसके, तत्काल राजासहितको प्रजातन्त्र घोषणा गरौं: धवल शमसेर

‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन। पुनः यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौं। जनता जागिसकेका छन्। यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन्। भोलि आन्दोलन हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द गर्न देउवाको माग

विशेषगरी कार्कीले कार्यपालिकाले अध्यादेश ल्याएर संसदबाट अनुमोदन गराइसकेको विषयलाई अदालतबाट खारेज गरिदिंदा यसले ४५ हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रभावित भएको, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिंदा ७४ वटा कम्पनीको सार्वजनिक निष्काशन रोकिएको र विद्युत ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत विधेयकमा ३५ वर्ष मात्र राखिएकोले यसलाई सच्याउने विषयमा देउवाको पहलकदमी आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोसिमाको रिटमा आज निर्णय सुनाउँदै सर्वोच्च, संयुक्त इजलासमा पेसी

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य कार्कीले पदत्याग नगरी उम्मेदवारी दिएको र सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन नसक्ने भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विचाराधीन विधेयक अघि बढाउने सत्तापक्षीय सचेतकहरूको निर्णय

नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो। दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यबाट नागरिकले अधिकार पाए नपाएको अनुगमन गर्नुपर्छः राष्ट्रपति

‘कानुन व्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन्। कुनैपनि किसिमको यातनारहित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक दासतायुक्त जीवन रंगभेद लिङ्गभ्दको विरोध, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य जस्ता मानवलाई नहुने अधिकार हुन्। र लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी थिए। बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा,  लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीविरुद्धको मुद्दा न्यायाधीशद्धय सुवेदी र पाण्डेयको संयुक्त इजलासमा

गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै अध्यादेशमार्फत जग्गा बेचबिखन गर्न खोजेको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित गत माघ २९ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको अबहेलनामा मुद्दा दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलुन विस्फोटका घाइते भेट्न कीर्तिपुर पुगे राष्ट्रपति

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं