
बिएल संवाददाता
मुकुम्लुङ मासेर केबलकार निर्माण गर्ने व्यापारीको पक्षमा लागेको भन्दै ताप्लेजुङका पदम चेन्जि माबोलाई धरानमा कालोमोसो दलिएको छ।
आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा कालोमोसो दल्दै कुटपिट गरेका हुन्।
सार्वजनिक रुपमै केबलकारको पक्षमा लागेको र विरोधीहरूमाथि गालीगलौजमा उत्रिएको आरोप लगाउँदै कालोमोसो दलिएको संघर्ष समितिले जनायो।
जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतिलगायतको उपस्थित थिए।
माबोमाथि आक्रमण भएपछि प्रहरीले सुरक्षाका लागि भन्दै इलाका प्रहरी कार्यालय धरानमा लगिएको थियो।
माबोले भने आफूमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गरेका छन्। र आक्रमणकारीहरू विरुद्ध किटानी जाहेरी दिएका छन्।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया