बुधबार, २० अगस्ट २०२५

ओलीलाई कोरिया भ्रमणकाे निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा.चाल्र्स एस याङले शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको निर्देशनपछि बल्ल पक्राउ परे प्रहरी कुट्ने एमालेका विद्यार्थी नेता

बुधबार मात्रै गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि आक्रमण गर्नै कसैलाई पनि नछाड्न प्रहरीका आईजीपी वसन्तबहादुर कुवँरलाई बोलाएर निर्देशन दिएका थिए। माघ २४ गते दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज ठमेलमा सांघातिक आक्रमण भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे। उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको आरोप- ‘तिम्रो जनयुद्ध धनयुद्ध भयो’

जनयुद्ध दिवसका अवसरमा आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको विरोध गर्नेहरू खरानी हुने चेतावनी दिएका थिए। प्रचण्डको चेतावनीमा शाहीले जवाफ फर्काएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता निवास प्रकरण- भट्टराई र नेपालविरुद्धको सुनुवाइ अब पूर्ण इजलासमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सो निर्णय बदरको माग गर्दै २०७६ माघ २९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामाका लागि तयार रहन मन्त्री भण्डारीलाई महन्थ ठाकुरको निर्देशन

उनले केपी ओलीको सरकार नैतिक संकटमा रहेको र भूमिसम्बन्धी अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने दाबी समेत गरे। उनले भने, ‘यस्ता अध्यादेशबाट नदी किनार, जंगल छेउमा आएर कब्जा गर्छन्। हामीले सरकार गिराउन खोजेको होइन। हामी अहिलेसम्म सरकारमा थियौं तर हामीले नै अध्यादेशमा सरकारको विरोध गरेपछि सरकारलाई नैतिक संकट त आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल बुलेट हाउसको ‘काठमाडौं-स्याङ्जा राइड’ सुरु (तस्बिरहरू)

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बुलेट हाउसले बिहीबार बिहान काठमाडौंको तीनकुनेबाट राइड सुरु गरेको हो। १३ वटा रोयल इनफिल्डसहितको टोलीमा १६ जना राइडर सहभागी छन्। राइडिङ टोली आज (बिहीबार) पोखरा हुँदै कास्कीको ल्वाङ गाउँ पुग्नेछ। शुक्रबार पोखरा फर्किएर स्याङ्जाको सिरुबारीतर्फ लाग्नेछ। र, शनिबार काठमाडौं फर्किनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भीम रावलको पक्षमा लागेको भन्दै केन्द्रीय आयोग सदस्यलाई अनेरास्ववियुको कारबाही

कुवँर १५ वर्षदेखि अखिलको राजनीतिमा सक्रिय थिए। संगठनको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी हुँदै पछिल्लो समय केन्द्रीय अनुशासन आयाेगकाे केन्द्रीय सदस्यमा सक्रिय थिए। उनलाई संगठनको विधानको भाग ११ को धारा ३०.१ अनुसार कारबाही गरिएको अनेरास्ववियुले जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोसपालाई हटाएर उपेन्द्रलाई सरकारमा भित्र्याउने ओलीको तयारी!

बुधबार नै लोसपाको विज्ञप्ति लगत्तै निकटस्थ नेताहरूसँग छलफल गरेका ओलीले बिहीबार साँझसम्मको अल्टिमेटम दिएका छन्। यदि आज साँझसम्म अध्यादेशमा अस्वीकार गर्ने निर्णय फिर्ता नगरे लोसपालाई हटाएर जसपा नेपाललाई सरकारमा सहभागी गराउँने ओलीले तयारी गरेको बालुवाटारले स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन‍लाइन मत नगन्दै बाबुरामले मारे बाजी, नेत्रलाई मात्र ७१ मत

नेसपा (नयाँ शक्ति)को काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनको मतगणना जारी छ। जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा. भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत मात्र पाएका छन्। निर्वाचन समितिका अनुसार अब प्रवासबाट भएको अनलाइन मतदानको केही मत मात्र गन्न बाँकी छ। प्रवासको ५५ मतमध्ये केहीले मात्रै मतदान गरेका समितिले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनेरास्ववियुका नेतामाथि प्रहरीले कुटपिट गरेको आरोप

बुधबार राती ७ बजेतिर ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै ‘सीएसआईटीको फर्म भर्नु छ’ भनेर बोलाएर ‘सोधपुछ गर्नु छ’ भन्दै बिनाकसुर हतकडी लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखामा लगेर विभिन्न आरोप लगाउँदै कुटपिट गरेको अनेरास्ववियु अध्यक्ष समिक बडालले आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा बाबुराम निर्वाचित भएकाे उपाध्यक्ष मानुषी यमि भट्टराईले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाई तस्करीमा संलग्न दुईजना पक्राउ

नेपालबाट अबैध रूपमा गाई र बाच्छा लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी दिपक कुमार रायले बताए। उनका अनुसार मानिससहित पक्राउ परेका गाईलाइ गौर भन्सार कार्यलयमा बुझाइएको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सुरु (तस्बिरहरू)

पाइप फुटेपछि खानेपानीको बाढीले काठमाडौं जिल्ला अदालत क्षेत्र जलमग्न बनेको थियो। विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइसँगै मर्मत सुरु गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारी ठहर भएपछि कोशीका प्रदेश सभा सचिव काठमाडौंमा

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासले विषेश अदालतले गरेको फैसला उल्ट्याउँदै पराजुलीसहित नेकपा एमालेका नेता निर्मल कुइँकेल र कांग्रेस नेता सुशील नहाटालगायत ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता निवास प्रकरण- पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालविरुद्धको सुनुवाइ सकियो

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सो निर्णय बदरको माग गर्दै २०७६ माघ २९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चको आदेश उपेक्षा गर्दै ‘जनयुद्ध दिवस’मा धमाधम सार्वजनिक बिदा दिँदै पालिकाहरू

गत माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिन गरेको निर्णयविरुद्ध परेको रिटमा बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै बिदा कार्यान्वयन नगर्न आदेश दिएको थियो। त्यसअघि पनि प्रचण्ड सरकारले दिएको सार्वजनिक बिदा त्यस्तै ०८० पुस १३ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले बदर गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

विशेषको फैसला सर्वोच्चले उल्ट्याएपछि पशुपतिमा रजाइँ गर्ने एमाले-कांग्रेस नेता जेल जाँदै!

सर्वोच्च अदालतले विषेश अदालतको फैसला उल्ट्याउँदै नेकपा एमालेका नेता निर्मल कुइँकेल र कांग्रेस नेता सुशील नहाटासहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो। कुईंकेल पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव हुन्। उनलाई ६ वर्ष कैद र बिगोबापतको ८३ लाख ४१ हजार ६६६ रूपैयाँ जरिवाना असुल गर्न फैसला भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनसहित दुई भारतीय पक्राउ

प्रहरीले नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं