बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जनयुद्धलाई धनयुद्धको संज्ञा दिएका छन्।
उनले सामाजिक संजालमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दशकौं सत्ता र शक्तिमा बसेर माखो मार्न नसकेको गम्भीर आरोप लगाएका हुन्।
‘राष्ट्रलाई तहसनहस बनायौ। भन्छौ अझै भष्म खरानी बनाउँछु। दशकौं सत्ता र शक्तिमा बस्यौ। माखो मार्न सकेनौ। छि-छि तिमी साह्रै गनायौ।’ शाहीले कविता शैलीमा भनेका छन्।
जनयुद्ध दिवसका अवसरमा आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको विरोध गर्नेहरू खरानी हुने चेतावनी दिएका थिए। प्रचण्डको चेतावनीमा शाहीले जवाफ फर्काएका हुन्।
उनले थपेका छन्, ‘देशका लागि लडेर मर्ने मरिसके। बाँचेका खाडीमा बेल्चा हान्दैछन्। तिम्रो जनयुद्ध धनयुद्ध भयो। क्रान्तिकारी नामधारीहरू सुनको महलमा बसेर मिठो सुस्केरा हाल्दैछन्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया