बिएल संवाददाता
ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्।
बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
मादक पदार्थ सेवन गरेका विद्यार्थीहरूले राति ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका थिए। त्यसयता फरार रहेका जोशीलाई सत्तारुढ दल एमालेसँग जोडिएकै कारण उन्मुक्ति दिइएको भन्दै सडकदेखि सदनसम्म आवाज उठेको थियो।
बुधबार मात्रै गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि आक्रमण गर्नै कसैलाई पनि नछाड्न प्रहरीका आईजीपी वसन्तबहादुर कुवँरलाई बोलाएर निर्देशन दिएका थिए।
माघ २४ गते दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज ठमेलमा सांघातिक आक्रमण भएको थियो।
यसअघि कुटपिटमा संलग्न अनेरास्ववियु नेताहरू दिनेश सिग्देल र रमेश फुलारा पक्राउ परेका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया