बिएल संवाददाता
ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्।
बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
मादक पदार्थ सेवन गरेका विद्यार्थीहरूले राति ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका थिए। त्यसयता फरार रहेका जोशीलाई सत्तारुढ दल एमालेसँग जोडिएकै कारण उन्मुक्ति दिइएको भन्दै सडकदेखि सदनसम्म आवाज उठेको थियो।
बुधबार मात्रै गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि आक्रमण गर्नै कसैलाई पनि नछाड्न प्रहरीका आईजीपी वसन्तबहादुर कुवँरलाई बोलाएर निर्देशन दिएका थिए।
माघ २४ गते दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज ठमेलमा सांघातिक आक्रमण भएको थियो।
यसअघि कुटपिटमा संलग्न अनेरास्ववियु नेताहरू दिनेश सिग्देल र रमेश फुलारा पक्राउ परेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया