
एलिना चौहानले गरिन् विष्णु सापकोटासँग ‘डिर्भोस’
गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन्।

बिएल संवाददाता - काठमाडाैं
गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
घरधनी दावाङ दोर्जे शेर्पाले एक महिनाको सम्झौता गरेर एक व्यक्तिलाई घर भाडामा दिएका थिए। प्रहरीका अनुसार उक्त घरमा एक महिनादेखि २३ जना मानिस बस्दै आएका थिए। एउटै कोठामा बसेका उनीहरू खाट र भुईँमै बसेर धन्दा चलाउँथे, त्यो पनि दिनरात।
बिएल संवाददाता - काठमाडौं
माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिष्ट विचार छाडेको साथै बाबुरामले भन्ने गरेको नयाँ विकल्पको दिशाहीन राजनीतिको औचित्यसमेत समाप्त भएकाले पार्टी परित्याग गरेको बताए। देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको अब आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उनले प्रतिबद्धता जनाए।
बिएल संवाददाता - सुर्खेत
चीन सरकारले सशस्त्र पैदल सेना सहित तिब्बत कब्जामा लिन अगाडि बढेपछि दलाई लामा विं.सं २०१६ सालमा तिब्बतबाट भारत निर्वासनमा आउनुभयो। यसको सबै व्यवस्थापन ग्यालो दोन्डुपले जवाहरलाल नेहरुसँग मिलेर गरेका थिए।
बिएल संवाददाता - काठमाडाैँ
‘सरकार पक्षले जतिबेला चाहे त्यतीबेला जसरी चाहे त्यसरी पेलान गर्न पाइन्छ र? यो प्रक्रियामा नियमापत्ति गर्दै गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो की भाषण सुनाउने हो? विपक्षीहरूलाई सरकारले दुई तिहाईको धाक दिने काम गर्यो।’ साथै, उनले नियमापत्तिको लागि दफा २६ हुँदाहुँदै दफा १२ बारे भाषण दिएको भन्दै यो प्रक्रिया सभामुखलाई सरकारले सिकाउने हो की सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता खाणले गिरिजाप्रसाद कोईरालाको भनाइ समेत स्मरण गराए। उनले भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्न सक्दैन। गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं। उहाँ भन्नुहुन्थ्यो- ‘कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ। कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ त्यो कुरा सत्य रहेछ।’
बिएल संवाददाता - दाङ
‘सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन्। आजको विषयसूचीमा नियमावलीको व्यवस्थाअनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं। त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो। हिजो पनि आजको कार्यसूचीबारे छलफल भएको थियो तर आज सरकारले समय छैन त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो। के सरकारले नियम पालना गर्नु पर्दैन?’
बिएल संवाददाता - काठमाडौं
उनले विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार १९ दशमलव ४ प्रतिशत महिलामा पाठेघरकाे मुखकाे क्यान्सर हुने देखिएपनि ६ प्रतिशतले मात्रै जाँच गराउँने र १७ दशमलव १ प्रतिशतलाई स्तन क्यान्सरको देखिएपनि ४ प्रतिशतले मात्रै जाँच गराउँनले गरेको बताइन्।
बिएल संवाददाता - काठमाडौं
गाउँपालिकाको राम टोलमा सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन्। सोमबार साँझ ७ः२० बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएका प्रेस नोटमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
‘नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू र पेशागत संघ सङ्गठनहरूलाई वेवास्ता गरी तथा कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने गरी उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने गरी ल्याइएको विधेयकले प्राधिकरणको समग्र हित भन्दापनि अझ धरासायी बनाउने उदेश्यले दर्ता गरिएको विधेयकहरूलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गर्दछ।
बिएल संवाददाता - काठमाडौं
पूर्व पश्चिम राजमार्गमा मंगलवार बिहान करिब साढे ८ बजे दुबै साधन एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ। स्कारपिओका चालकसहित पाँच जना घाइते भएको र उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
इजलासले उनलाई ‘पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने’ आदेश दिएको हो। सोमबार नै अदालत उपस्थित भएका जोशीको सोहीदिन बयान र थुनछेक बहस भएको थियो। सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै जोशीसहित उनका सहकर्मी रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।
बिएल संवाददाता - बुटवल
चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ। यो गीतले चलचित्रको हाइप थप बढाएको छ। चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी महाधिवेशनबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको थियाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति पार्टीको अध्यक्षका लागि डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन्। आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुनेछ। तीन बजेबाट नयाँ नेतृत्व चयनको लागि मतदान गराउने तयारी निर्वाचन आयोगले गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ। सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो।
बिएल संवाददाता - रामेछाप
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव भएकाले दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
ट्रम्पवाद अमेरिकी राजनीति र समाजमा गहिरो प्रभाव पर्ने विचारधाराको रुपमा विकसित भएको छ। यसले अमेरिका र विश्वव्यापी राजनीति, आर्थिक र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ। ट्रम्पको नेतृत्वले रिपब्लिकन पार्टीको रणनीति र विचारधारामा नयाँ दिशा दिएको छ, र यसले अमेरिकाको भविष्यमा एक शक्तिशाली भूमिका खेल्न सक्छ।
बिएल संवाददाता - काठमाडौं
बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो। मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन्। यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्ष ढुक्क छ। बालेनको लोकप्रियताजस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .