बिएल संवाददाता
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ।
सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो।
कालिज फार्ममा चितुवा छिरेपछि गाउँलेहरु त्रसित भएका थिए। चितुवा फार्ममा छिर्ने बित्तिकै त्यसका सञ्चालक नीरज खड्काले माथिल्लो भागको कालिज फार्मको ढोका खोलिदिए पछि चितुवा खुल्ला ठाउँ देखेर माथिल्लो पट्टिको भागमा छिर्ने बित्तिकै त्यो ढोका बन्द गरिदिएकाले चितुवा बन्धक बनेको थियो भने कालिज उडेर जोगिएका थिए।
कालिज फार्म भित्र बन्धक बनेको चितुवालाई सोमबार काठमाडौंबाट गएको वन विभागको प्राविधिक सहितको टोलीले लट्याएर नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिने क्रममा चितुवा सामान्य घाइते भएको छ । उसको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको अध्यक्ष श्रेष्ठले बताए। चितुवालाई सोमबार साँझ काठमाडौं लगिएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया