बिएल संवाददाता
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ।
लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ।
संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो।
बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धनअन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए। तर, एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए।
लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया