बिएल संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नै साथीहरूको विरोध र असहयोगका कारण कांग्रेसलाई ठूलो पार्टी बन्न कठिनाई भइरहेको बताएका छन्।
सोमबार कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता खाणले गिरिजाप्रसाद कोईरालाको भनाइ समेत स्मरण गराए।
उनले भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्न सक्दैन। गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं। उहाँ भन्नुहुन्थ्यो- ‘कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ। कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ त्यो कुरा सत्य रहेछ।’
उनले पार्टीका नेताहरूको विरोध गर्दा उनीहरूकै अगाडि गर्न र गुनासो पनि उनीहरूसँगै गर्न आग्रह गरे।
उनले भने, ‘अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न। शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई गाली गरेर के गर्नु हुन्छ?’
त्यस्तै उनले आफ्नै साथीको विरोध नगर्न र राम्रो काम गरेकोलाई राम्रो गरेको भन्नसमेत आग्रह गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया