बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन्। उनले सरकार पक्षले जति मन लाग्यो त्यतीबेला र जसरी चाहे त्यसरी नै पेलेर अघि बढ्न खोजेको आरोप लगाए।
मंगलबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको प्रमुख सचेतकले बोलेको कुरामा नियमापत्ति गर्दै उनले सरकारले दुई तिहाइको धाक दिएको आरोप लगाए।
उनले भने, ‘सरकार पक्षले जतिबेला चाहे त्यतीबेला जसरी चाहे त्यसरी पेलान गर्न पाइन्छ र? यो प्रक्रियामा नियमापत्ति गर्दै गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो की भाषण सुनाउने हो? विपक्षीहरूलाई सरकारले दुई तिहाईको धाक दिने काम गर्यो।’
साथै, उनले नियमापत्तिको लागि दफा २६ हुँदाहुँदै दफा १२ बारे भाषण दिएको भन्दै यो प्रक्रिया सभामुखलाई सरकारले सिकाउने हो की सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया