बुधबार, २० अगस्ट २०२५

शान्दार म:म ग्यास विस्फोटबाट घाइते दुई जनाको मृत्यु

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो

रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ। सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव भएकाले दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्व राजनीतिमा ट्रम्पवादको प्रवेश!

ट्रम्पवाद अमेरिकी राजनीति र समाजमा गहिरो प्रभाव पर्ने विचारधाराको रुपमा विकसित भएको छ। यसले अमेरिका र विश्वव्यापी राजनीति, आर्थिक र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ। ट्रम्पको नेतृत्वले रिपब्लिकन पार्टीको रणनीति र विचारधारामा नयाँ दिशा दिएको छ, र यसले अमेरिकाको भविष्यमा एक शक्तिशाली भूमिका खेल्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘लाज शरणम्’मा बालेनको गीत ‘नेपाल हासेको…’

बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो। मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन्। यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्ष ढुक्क छ। बालेनको लोकप्रियताजस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमाले सरकारले गरेका गलत कामहरू जनतामा लैजानुपर्छ: डा. शेखर कोइराला

साथै उनले एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको भुल्न नहुने पार्टी पंक्तिलाई सुझाव पनि दिए। उनले यस्तै भोलि सत्ता बाहिर हुँदा एमाले नै प्रतिस्पर्धी हुने भएकाले सरकारले गरेका गलत काम कारबाहीबारे जनतालाई कांग्रेसले जानकारी दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ? भन्दा एमाले हुन्छ भनेर सबैले भन्नुपर्छ। एमालेसँग प्रतिस्पर्धा गर्दैछौं। सरकारमा पनि एमाले छ। त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरूलाई पब्लिकमा लैजानुपर्छ। यो गर्न सकेनौं भने कमजोर हुन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवाद आकाशबाट खस्दैन: प्रचण्ड

हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रीत समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर, फागुन ४ मा पेसी

अर्यालले दायर गरेको मुद्दामा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ। मुद्दाको पेसी फागुन ४ गतेका लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। संवैधानिक इजलासको फैसला कार्यान्वयनको साटो आदेश विपरितको अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले अदालतको अवहेलनामा गरेकाले उनलाई कसुरदार गर्न अर्यालले माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रहिनन् राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहाल

पञ्चायतकालमा स्वतन्त्र उम्मेद्वार बन्दै जोगमेहर श्रेष्ठलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित नानीमैयाँको चर्चा हरेक निर्वाचनमा हुने गरेको छ। नानीमैयाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलित अधिकार अभियान्ता खगेन्द्र सुनार पक्राउ

सोमबार संघीय संसद संघीय संसद भवनमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बानेश्वर प्रहरी वृतका अनुसार दलितका लागि दलित अभियानका अभियान्ता सुनुवारलाई नियन्त्रणमा लिएर वृतमा राखिएको छ। निषेधित क्षेत्र तोड्दै मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि पक्राउ गरेको वृतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कम्युनिष्टहरू कांग्रेसको विचारमा हिँडिरहेका छन्: मन्त्री पौडेल

उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए। आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिस्कृत हुन जरुरी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब सभामुखले सांसद ज्ञानेन्द्रबहादुरलाई ‘ज्ञानबहादुर’ भनिदिए…

शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए। त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जालसम्बन्धी विधेयक मान्य छैन: सांसद झा

प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको बताएका हुन्। उनले भने, ‘सामाजिक सञ्जालसम्बन्धी जुन विधेयक आइरहेको छ, यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खाजिएको छ। छाडा छोड्नु हुँदैन, नियमन गर्नुपर्छ। तर त्यसलाई अभिव्यक्ति स्वतन्त्रता अर्थात हाम्रो आधारभूत सिद्धान्तमा पनि लेखिएको कुरालाई उल्लघंन गर्न पाइँदैन्। संविधानमा पनि लेखिएको कुरा स्वतन्त्रता अर्थात वाक स्वतन्त्रता हो। त्यसैले यो विधेयक मान्य छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध प्रदर्शनसहित उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन्। सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको विषयमा उनीहरूमाथि धरपकड र जोडी छुटाउँन गृहमन्त्री र प्रहरी प्रशासनले अत्याचार गरेको समाचारहरू प्रकाशित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद रानामगरद्वारा जलवायु परिवर्तनको चुनौतीको सामना र अवसरको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण

उनले अन्तर्राष्ट्रिय नविकरणीय उर्जा एजेन्सीका अनुसार हरित उर्जा क्षेत्रमा सन् २०५० सम्ममा संसारमा ४ करोड २० लाख भन्दामाथी रोजगारी सिर्जना हुने अनुमान गरेकोले नेपालले यसको सदुपयोग पनि गर्नुपर्ने सुझाव दिइन्। उनले भनिन्, ‘जलवायु परिवर्तनको असर युवा पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएकाले यसले ल्याउने चुनौतिको सामना गर्न र अवसरको सदुपयोग गर्न युवाहरूले अहिले देखिनै सक्रिय भुमिका खेल्ने खालका योजना र रणनीति बनाउनु पर्ने विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत म यस गरिमामय सदनमार्फत गराउन चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई अमरेशको च्यालेन्ज- हिम्मत छ भने सिंहदरबार भत्काएर देखाउ

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले महानगरले कवाडी व्यवसायीमाथि डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। सांसद सिंहले भने, ‘म बालेनलाई च्यालेन्ज दिन्छु। हिम्मत छ भने संसद भवन भत्काएर देखाउ। सिंहदरबार भत्काएर देखाउ। रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाउ। हिम्मत छ भने बालुवाटार र शितलनिवासको राष्ट्रपति भवन भत्काएर देखाउ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रि–रिलेज फिल्म ‘सनम तेरी कसम’ले मच्चायाे धमाका

सन् २०१६ सालमा रिलिज भएको थियो, ‘सनम तेरी कसम’। तर अहिले त्यही फिल्म फेरि सिनेमा हलमा रिलिज भएको छ। ९ वर्षपछि रिलिज भएको फिल्मले अहिले धमका मचाइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केपी ओली रहेसम्म बाम एकता सम्भव छैनः प्रचण्ड

उनले एमाले वा कांग्रेससँग पटक-पटकको सहकार्यले आफ्नै पार्टीको राजनीतिक संस्कृति प्रभावित भएको स्वीकार गर्दै भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा अलिअलि उनीहरूको संस्कृति आत्मसात् गरेजस्तो भएको छ। अब हामी फेरि आत्मसुधार गरेर जनतासँग जानेछौं। अहिले हाम्रो प्राथमिकता सरकार होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सीआईडी हौं’ भन्दै दिनदहाडै खानतलासी गर्दै हिँड्ने दुई युवक पक्राउ

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका ३२ वर्षीय जीवन थापा छन्। उनीहरूले माघ २४ गते आफूहरूलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गरेका थिए। खानतलासीपछि १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अख्तियारको कार्यक्रममा भएनन् सहभागी

आज बिहान पौने ९ बजे उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका थियो। तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपस्थित हुन नसकेका हुन्। बालुवाटार स्रोतले बिरामीको अवस्थाबारे स्पष्ट जानकारी दिएन। उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको र सरकारी निवासमै आराम गरिरहेको स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं