बिएल संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई सधैं गलत नै भन्नुपर्ने बताएका छन्।
सोमबार आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले एमालेले गरेका गलत कामहरूलाई कांग्रेसले जनतामा लैजानुपर्ने बताएका हुन्।
उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुनसक्छ भन्ने मान्यता विश्वमै छ। त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ। त्यो नहोस् भन्नका लागि सभापतिजीलाई धेरैपटक भनिसकेँ। पब्लिक्ली पनि भनिसकेँ। सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरू जो हुनुहुन्छ, उहाँहरू सहमतीय हिसाबले जानुपर्छ। हाम्रा मन्त्रीजीले त्यो कुरा बुझ्नु भएको छैन। सभापतिजीलाई पनि पटक-पटक मैंले कुरा गर्दा उहाँ भन्नुहुन्छ- किन भन्ने? एमालेलाई वा ओलीजीलाई केही पनि नभन्ने भन्नुहुन्छ। तर त्यसरी हुँदैन। गलत छ भने गलत भन्न सक्नुपर्छ। जुन दिन गलत कुरालाई गलत भन्न सक्दैनौं, त्यो दिन नेपाली कांग्रेस समाप्त हुन्छ।’
साथै उनले एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको भुल्न नहुने पार्टी पंक्तिलाई सुझाव पनि दिए। उनले यस्तै भोलि सत्ता बाहिर हुँदा एमाले नै प्रतिस्पर्धी हुने भएकाले सरकारले गरेका गलत काम कारबाहीबारे जनतालाई कांग्रेसले जानकारी दिनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ? भन्दा एमाले हुन्छ भनेर सबैले भन्नुपर्छ। एमालेसँग प्रतिस्पर्धा गर्दैछौं। सरकारमा पनि एमाले छ। त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरूलाई पब्लिकमा लैजानुपर्छ। यो गर्न सकेनौं भने कमजोर हुन्छौं।’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया