बिएल संवाददाता
भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न रास्वपा नेताहरू होटल द्वारिकाज पुगेका छन्।
मिस्रीलाई भेट्न सोमबार रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनाल बत्तिसपुतलीस्थित होटल द्वारिकाज पुगेका हुन्। उनीहरूले केहीबेरअघि होटल पुगेर भेटघाट गरेको निकट स्रोतले बतायो।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिस्रीले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।
सोमबार भने उनले रास्वपा र मधेसवादी दलका नेताहरूलाई होटल द्वारिकाजमा बोलाएर भेटवार्ता गरेका छन्।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया