बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको आरोप लगाएका हुन्।
उनले भने, ‘सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन्। आजको विषयसूचीमा नियमावलीको व्यवस्थाअनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं। त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो। हिजो पनि आजको कार्यसूचीबारे छलफल भएको थियो तर आज सरकारले समय छैन त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो। के सरकारले नियम पालना गर्नु पर्दैन?’
यस्तै, उनले संसदले सँधै सरकारले जे-जे भन्छ त्यही अनुसार गर्ने होकी वा जनताका प्रतिनिधिले बनाएको विषयवस्तु सरकारले पनि पालना गर्नुपर्ने हो? भन्दै प्रश्न गरेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया