बिएल संवाददाता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले ओली सरकारमा श्रममन्त्री रहेका शरतसिंह भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका छन्।
बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ठाकुरले केपी ओली नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका भण्डारीलाई जुनसुकै बेला राजीनामाका लागि तयार रहन निर्देशन दिइसकेको बताएका हुन्।
उनले भने, ‘हामीले भूमिसम्बन्धी अध्यादेशको विरोध गरेका छौं। हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा के गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिनु पर्ने हुन्छ। उनीहरूले नै हटाइदिन पनि सक्छन्।’
उनले केपी ओलीको सरकार नैतिक संकटमा रहेको र भूमिसम्बन्धी अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने दाबी समेत गरे।
उनले भने, ‘यस्ता अध्यादेशबाट नदी किनार, जंगल छेउमा आएर कब्जा गर्छन्। हामीले सरकार गिराउन खोजेको होइन। हामी अहिलेसम्म सरकारमा थियौं तर हामीले नै अध्यादेशमा सरकारको विरोध गरेपछि सरकारलाई नैतिक संकट त आयो।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया