बिएल संवाददाता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले ओली सरकारमा श्रममन्त्री रहेका शरतसिंह भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका छन्।
बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ठाकुरले केपी ओली नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका भण्डारीलाई जुनसुकै बेला राजीनामाका लागि तयार रहन निर्देशन दिइसकेको बताएका हुन्।
उनले भने, ‘हामीले भूमिसम्बन्धी अध्यादेशको विरोध गरेका छौं। हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा के गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिनु पर्ने हुन्छ। उनीहरूले नै हटाइदिन पनि सक्छन्।’
उनले केपी ओलीको सरकार नैतिक संकटमा रहेको र भूमिसम्बन्धी अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने दाबी समेत गरे।
उनले भने, ‘यस्ता अध्यादेशबाट नदी किनार, जंगल छेउमा आएर कब्जा गर्छन्। हामीले सरकार गिराउन खोजेको होइन। हामी अहिलेसम्म सरकारमा थियौं तर हामीले नै अध्यादेशमा सरकारको विरोध गरेपछि सरकारलाई नैतिक संकट त आयो।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया