बुधबार, २० अगस्ट २०२५

माधव नेपालले हुलाकी सडक भारतलाई दिए, ओलीले आफैं बनाउनुभयोः शंकर पोखरेल

‘केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडकलगायत मधेसको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनुभयो। भारत सरकारबाट प्राप्त हुने अनुदानको निरन्तरता रहने गरी नेपाल सरकारले आफैंले सडक बनाउने संकल्प गर्नुभयो। भारत सरकारलाई सहमत गराउनु भयो। आज मधेसको लाईफ लाईनको रुपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शानदार मःम पसलमा ग्याँस विस्फोट हुँदा घाइते थप एक जनाको मृत्यु

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा थप एक जनाकाे मृत्यु भएकाे छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच प्रश्नोत्तर हुँदैछ। संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समूह ८ मा रहेका सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्। बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन्। त्यस्तै, संसद सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी ओलीले कुनै पनि बेला संसद भंग गर्न सक्छन्’

‘ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसदजस्ता लोकतान्त्रिक संस्थाहरू मन पर्दैन, विगतमा गरेको संसद् विघटनलाई हामीले सडकबाट असफल पारेका थियौँ,’ पुनले भने, ‘उहाँ (ओली)को मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने सोच छ। यसमा सचेत रहन म कांग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

नयाँ हुनुको फाइदा हामीसँग छ– राउत

उनले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था आएको भन्दै विद्यार्थीलाई राजनीतिमा कुनै न कुनै तवरले आवद्ध हुन सुझाव दिएका हुन्। विद्यार्थी जनमत संघ धनुषाद्वरा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

प्रचण्डको बोलीकै ठेगान छैनः शंकर पोखरेल

‘प्रचण्डजी के भन्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने कुराको ठेगान त नेपाली राजनीतिमा कहिले पो हुँदै गएको छ र? अहिले जे कुराको विरोध गर्दै हुनुहुन्छ ती अधिकांश कुराहरू उहाँकै कार्यकालमा प्रवेश गरेका विषय हुन्। आज उहाँ विरोध गर्दै हुनुहुन्छ। त्यस अर्थमा उहाँले के भन्नुहुन्छ भन्ने कुराको अर्थ नेपाली राजनीतिमा हुनै छाड्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको क्षेत्र पुगेर प्रचण्डले- भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न

आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पौडेल र धनराज आचार्यको सघन कक्षमा उपचार हुँदै

अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार प्रारम्भिक मूल्यांकन अनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको जानकारी दिएका छन्। तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको चेतावनीपछि सूर्यको जवाफ- ‘केही नलेखौं भनेको लेख्नैपर्ने भयो’

सांसद थापाले समानुपातिक सांसदलाई लक्षित गर्दै ‘यी समानुपातिकहरूलाई फुर्सदै फुर्सद छ। समानुपातिकलाई न कसैले गुनासो गर्छन् न कुनै जिम्मेवारी छ। न कुनै चुनाव जितेको अनुभव छ’ भन्दै समावेशी मान्यतामाथि आक्रमण गरेको कांग्रेसको ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्ततः भूमिसम्बन्धी अध्यादेशमा पछि हट्यो सरकार

लोकतान्त्रिक समाजवादी पार्टीको असहमतीपछि सरकारले भूमिसम्बन्धी नेपाल ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा समेटिएको त्रुटिपूर्ण कुराहरू सच्याउन कार्यदल गठन गर्ने भएको छ। पार्टीका महासचिव डा. सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता एवम प्रभावकारी नेतृत्वले अध्यादेशमा समेटिएको त्रुटिहरू सच्याउन कार्यदल बनाउने र अन्य पाँचवटा अध्यादेश आगाडि बढाउने निर्णय भएको जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले ‘केपी बा’को आदेशमा चल्छः माधव नेपाल

‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन्, ‘केपी बा’को पार्टी हो। केपी बाको पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ। कम्युनिष्ट पार्टीको चरित्र गुमाएको छ। उहाँको निजी आदेश मात्र चल्छ। उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ। अरु कुनै विकल्प छैन्। त्यसैले त्यो पार्टी पार्टीका रुपमा छैन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिनियाँ अट्याकमा नेपाली खेलाडीको खुट्टा भाँचियो

नेपालका जर्सी नम्बर १९ का खेलाडी आशिश राईको जर्सी नम्बर ३६ का  चिनियाँ खेलाडी डेली मोरीको अट्याकले खुट्टा भाँचिएको हो। राईलाई स्टेचरमा राखेर मैदान बाहिर निकालिएको छ। चिनियाँ खेलाडी पनि घाइते भएका छन्। उनी पनि मैदानबाट बाहिरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका थिए। पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेशमा सहमति जुटेको गृहमन्त्रीको दाबी, फागुन ६ गते संसदमा प्रस्तुत गर्ने तयारी

‘सरकारले जारी गरेका अध्यादेश अहिले संघीय संसदका दुवै सदनमा दर्ता भएका छन्। ती अध्यादेशहरू संघीय संसदको दुबै सदनमा स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रीत भएर छलफल भएको छ। समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएका छन्। मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छलफल सकरात्मक रुपले निष्कर्षमा पुगेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पौडेल र धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरणका क्रममा उडाउन लागिएको बेलुन पड्किएपछि उनीहरू आगोको लप्कामा परेका थिए। अर्थमन्त्री पौडेलभन्दा मेयर आचार्य बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूर्य थापाको ‘हेट स्पीच’ले रिसायो कांग्रेस गुल्मी

कांग्रेस प्युठान सभापति विष्णु गिरीले एक विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जितको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत अस्वाभाविक चरित्र देखाउने र बहुपार्टी सिद्धान्तलाई अनदेखा गरी  निरन्तर असमावेशी स्वभाव देखाएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर घाइते

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरणका क्रममा उडाउन लागिएको बेलुन पड्किएपछि मेयर आचार्य घाइते भएका हुन्। उडाउनै लागिएको बेलुनका गुच्छा पड्किएपछि आचार्यलाई आगोले पोलेको थियो। उनको घाँटीमा आगोले पोलेको र उपचारका लागि फिस्टेल अस्पताल लगिएको प्रहरीले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

मधेसका मुख्यमन्त्री सिंह र जनता दलका बिहारका प्रदेश सचिवबीच भेटवार्ता

उनले रामायणमा उल्लिखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवम् नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण

रातको समयमा उत्तेजित भिडले उनको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत जनाएको छ। सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ। ढकाल खतरामुक्त रहेको सेनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीसीटीभी फुटेज बाहिर सार्वजनिक गर्ने प्रहरीलाई नै कारबाहीको तयारी!

आक्रमणको सीसीटीभी फुटेज बाहिरिएपछि आक्रमणकारीहरूमाथि कारबाहीको दवाब बढेको थियो। विद्यार्थी नेताहरूमाथि अनुसन्धान नै नगर्ने तयारीमा रहेको गृह प्रशासनमाथि जनदवाब बढेपछि अन्ततः बिहीबार अनेरास्ववियु नेता कमल जोशी पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं