बिएल संवाददाता
लोकतान्त्रिक समाजवादी पार्टीको असहमतीपछि सरकारले भूमिसम्बन्धी नेपाल ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा समेटिएको त्रुटिपूर्ण कुराहरू सच्याउन कार्यदल गठन गर्ने भएको छ।
पार्टीका महासचिव डा. सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता एवम प्रभावकारी नेतृत्वले अध्यादेशमा समेटिएको त्रुटिहरू सच्याउन कार्यदल बनाउने र अन्य पाँचवटा अध्यादेश आगाडि बढाउने निर्णय भएको जानकारी गराएका हुन्।
उनले सत्ता गठबन्धन अध्यादेशलगायत सम्पूर्ण चुनौती एक ढिक्का भइ सामना गर्न सहमत भएको बताए।
लोसपा नेपालले उठाएको महत्वपूर्ण विषयहरू- मधेशमा रहेको भूमिहीन नागरिकहरू मुसहर, डोम, हलखोर, चमार, दुसाध, संथार, राजवंशी, राणा थारूलगायतको भूमि तथा आवासको सुनिश्चितता, सार्वजनिक जग्गाको संरक्षण, वन क्षेत्रको संरक्षण, चूरे संरक्षण, जैविक विविधताको जगेर्नालगायतको कुराहरूलाई कार्यदलले समेटने कुरामा विश्वस्त भएर नै सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल आगाडि नबढाउने निर्णय सत्ता गठबन्धनले गरेको उनले जानकारी गराए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया