बुधबार, २० अगस्ट २०२५

सुमनाको आरोप- सभामुखले भारतमा आत्महत्या गरेकी छात्राको विषयमा बोल्न दिएनन्

संसदमा प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिन, सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई मात्र आकस्मिक समय दिएको तर नेपाली विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौँले दुख पाउँदा उक्त विषयले संसदमा प्रवेश नपाएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुम्भ मेलामा डुबुल्की मार्दै गगनले भने- ‘पवित्र अनुभूति भयो’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको दर्शन र स्नान गरेका छन्। सोमबार कुम्भ मेलामा डुबुल्की मारेको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सेयर गर्दै उनले कुम्भ मेलामा स्नान गर्न पाउँदा पवित्रताको अनुभूति भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा बसेर ‘केही हुँदैन’ भन्ने भाष्य नै गलतः मन्त्री सिंह

‘अहिले युवाहरूमा नेपालमा बसेर के हुन्छ र भन्ने खालको नकरात्मक कुराहरू उठिरहेको छ। तर म के भन्न चाहान्छु भने नेपालमा अवसर र स्वतन्त्रता छ। आफूले चाहे अनुसार अगाडि बढ्न सक्ने अवस्था छ। त्यसकारण नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण बन्छ भन्ने कुरा सोचेर अगाडि बढ्नु पर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब ज्याकी श्राफले थामे रेखाको हात..

बितेको आइतबार ‘द रोशन्स’को सफलताको खुसी मनाइयो। जहाँ बलिउडका ठुल्ठुला कलाकारहरू पुगेका थिए। त्यसबीचमा रेखाको भिडियो भने अहिले भाइरल भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखले बोल्न नदिएपछि रिसाउँदै हिडिन् सुमना, बैठक बहिष्कार

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्नका लागि सुमनाले समय माग गरेकी थिइन्। तर, सभामुख देवराज घिमिरेले समय नदिएपछि उनी रिसाउँदै सदनबाट बाहिरिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा नेपाली विद्यार्थीमाथि अत्याचार, कुटिकुटि होस्टलबाट निकालियो (भिडियोसहित)

पत्रकार झाका अनुसार जबरजस्ती होस्टलबाट निकाल्दै नेपाली छात्रहरूलाई रल्वे स्टेसनमा पठाइएको छ। र, सबैको फोन फुटाइएको छ। गर्ल्स होस्टलमा रहेका विद्यार्थीहरूलाई पनि खाना खान दिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

कुम्भ मेलामा स्नान गरेर फर्किदा नेपाली सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

कुम्भमेलाबाट फर्किँदै गर्दा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हाे। दुर्घटनामा सवारी चालकसहित पाँच जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिडियाकर्मीले सूर्य थापालाई ‘तपाईं हनुमान हो?’ भनेर सोधेपछि…

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीचको प्रश्नोत्तर सकेर बाहिरिने क्रममा संसद रिपोर्टिङमा गएका पत्रकारहरूले ओलीलाई ‘तपाईं हिटलर हो?’ भन्दै प्रश्न सोधेको प्रति आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्यान्ड उडिन् पूर्वराष्ट्रपति, विमानस्थलमा एमाले नेताकाे लर्काे

उनी आज बिहान ११ बजे नेपाल वायुसेवाको उडानमार्फत स्वास्थ्य परीक्षणसँगै घुमघामका लागि थाइल्यान्ड गएकी हुन्।  बैंकक बसाइँको क्रममा पूर्वराष्ट्रपति भण्डारीले थाइल्यान्डस्थित नेपालका नेपाली, बर्मेली नेपाली, थाई नेपाली र एमालेनिकट व्यापारीहरूसँग भेटघाट गर्ने भण्डारीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

विष्णु पौडेल डिस्चार्ज हुँदै, मेयरसँग भेटघाट बन्द

कीर्तिपर अस्पतालले आईसीयूमा दुई दिनदेखि उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेद प्रस्ताव पारित गरेपछि ज्ञानेन्द्रको आक्रोश- वृद्धाश्रमलाई के बालआश्रम भन्नु?

आइतबार राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्प्णीप्रति आपत्ति जनाउदै खेद प्रस्ताव पारित गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा बैठकलाई सम्बोधन गर्दै

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ। तर, ११ः४५ बजेसम्म सभा सुरु भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाकुम्भबाट चर्चा बटुलेकी माेनालिसा नेपाल आउने

महाकुम्भ मेलाको त्रिवेणी संगममा युवती शिवको प्रतीक रुद्राक्ष बेच्थिन्। आँखाको फरक रङका कारण त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। सानो धक्काले मनाङ र आसपासको क्षेत्रमा हल्लाए पनि क्षति भने नभएको प्रहरीले जनाएको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढ्यो, ताेलामा कति पुग्याे?

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ। काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेकाे छ। प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ। आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागरिकता विधेयकमा ‘राउटे समुदाय’लाई समेट्नुपर्छ– सांसद रानामगर

नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकता प्राप्त गर्ने मौलिक हक सुनिश्चित भएपनि विभिन्न कानुनी र प्रक्रियागत जटिलताका कारण अझै धेरै नेपाली नागरिकताविहीन रहनुपरेको उल्लेख गर्दै रानामगरले आमासँग मात्र रहेका १६ लाख ८८ हजार ८ सय ८६  बालबालिकाहरू प्रस्तावित विधेयकबाट लाभान्वित हुने भन्दै सरकार र गृहमन्त्रीलाई धन्यवाद व्यक्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराष्ट्रपति भण्डारी बैंकक जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्याण्डको राजधानी बैंकक जाँदैछिन्। उनी बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा त्यता जान लागेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९–८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०–८१) पेश गर्नेछन्। ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं