बिएल संवाददाता
                                राप्रपा सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि वृद्धाश्रमको संज्ञा दिएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्प्णीप्रति आपत्ति जनाउदै खेद प्रस्ताव पारित गरेको थियो।
खेद प्रस्ताव पारित गरेपछि उनले आक्रोश व्यक्त गर्दै फेरि वृद्धाश्रमकै संज्ञा दिएका हुन्।
उनले भनेका छन्, ‘चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू?’
आइतबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा सदस्यहरूले सांसद शाहीले सामाजिक सञ्जालमार्फत राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ भन्दै गरेको टिप्पणीप्रति आपत्ति जनाएका थिए।
शाहीले मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित गरेको भन्दै राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए।
सांसदहरूको आपत्तिपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले खेद प्रस्ताव पारित गरेका थिए।
प्रस्ताव पारित गर्दै अध्यक्ष दाहालले भने, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपोकल्पित झुट र यथार्थ भन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ।’
तर शाहीले खेद प्रस्तावप्रति आक्रोश व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्। हरुवा, चरुवा वृद्धाश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नातिनतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर, राष्ट्रिय सभालाई हामी युवाहरूको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया