बिएल संवाददाता
                                प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले संसदको आकस्मिक समयमा भारतमा आत्महत्या गरेकी नेपाली छात्राको विषय उठाउन खोज्दा सभामुखले समय नदिएको आरोप लगाएकी छन्।
भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या शंकास्पद रहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले बताएका छन्।
नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेपछि उनीहरूमाथि कुटपिट भएको छ। नेपाली विद्यार्थीहरूलाई होस्टल छाड्न निर्देशन दिएको छ। करिब २०० नेपाली विद्यार्थीहरू अलपत्र परेका छन्।
सोही विषयलाई संसदमा उठाउन खोज्दा समय नपाएको सांसद सुमनाले बताएकी छन्। बोल्न समय नपाएपछि सुमनाले संसद बैठक बहिष्कारसमेत गरेकी थिइन्।
उनले भारतबाट नेपाली विद्यार्थीले पठाएको अडियो सन्देश सेयर गर्दै भनेकी छन्, ‘यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँभन्दा समय दिनुभएन। यो त आकस्मिक नै भएन भन्नु भो।’
संसदमा प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिन, सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई मात्र आकस्मिक समय दिएको तर नेपाली विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौँले दुख पाउँदा उक्त विषयले संसदमा प्रवेश नपाएको उनले बताइन्।
मृतक नेपाली विद्यार्थी प्रकृतिलाई सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्राले बारम्बार मानसिक तनाव दिइरहेको खुलेको छ।
पूर्वप्रेमी अद्विक श्रीवास्तवले बारम्बार मानसिक तनाव दिएपछि उनले विश्वविद्यालय प्रशासनमा एक महिना अघि नै उजुरी दिएको उनका साथीहरूले बताएका छन्। प्रशासनले ती छात्रलाई कारबाहीको सट्टा नेपाली विद्यार्थीहरूमाथि विभिन्न आरोप लगाउँदै कलेज छाड्न दवाब दिएको खुलेको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया