बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानामगरले नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयक, २०८१ मा लैंगिक अल्पसंख्यक, पिछडिएका वर्ग तथा जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई समेट्नुपर्ने बताएकी छन्।
आइतबार प्रतिनिधि सभामा विधेयकमाथि छलफलका क्रममा बाेल्दै रानामगरले दक्षिण एशियाकै लोपाेन्मुख जातिकाे रुपमा रहेकाे राउटे समुदायले अहिलेसम्म नागरिकता नलिएकाले नागरिकता ऐनमै समावेश गरेर नागरिकता लिने वातावरण बनाउनुपर्नेमा जाेड दिएकी हुन्।
नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकता प्राप्त गर्ने मौलिक हक सुनिश्चित भएपनि विभिन्न कानुनी र प्रक्रियागत जटिलताका कारण अझै धेरै नेपाली नागरिकताविहीन रहनुपरेको उल्लेख गर्दै रानामगरले आमासँग मात्र रहेका १६ लाख ८८ हजार ८ सय ८६ बालबालिकाहरू प्रस्तावित विधेयकबाट लाभान्वित हुने भन्दै सरकार र गृहमन्त्रीलाई धन्यवाद व्यक्त गरिन्।
विधेयकका सकारात्मक पक्षहरूको प्रशंसा गर्दै सांसद रानामगरले भनिन्, ‘विधेयकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हकहरूलाई सुनिश्चित गर्दै पिछडिएका समुदाय तथा राउटे जातिलाई समेत समेट्नुपर्छ।’
यसअघि पनि विभिन्न सांसदहरूले नागरिकता विधेयकको दायरालाई फराकिलो पार्दै समावेशी बनाउनुपर्ने माग राख्दै आएका छन्। संसदमा यस विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया