बिएल संवाददाता
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता तथा अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि कुटपिट भएको छ।
बुधबार राती ७ बजेतिर ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै ‘सीएसआईटीको फर्म भर्नु छ’ भनेर बोलाएर ‘सोधपुछ गर्नु छ’ भन्दै बिनाकसुर हतकडी लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखामा लगेर विभिन्न आरोप लगाउँदै कुटपिट गरेको अनेरास्ववियु अध्यक्ष समिक बडालले आरोप लगाएका छन्।
बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै वयकलाई विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनि धम्की दिँदै नाक, मुख, आखा सुन्निने गरी कुटपिट गरेको दाबी गरेका छन्। उनले वयलको राति २ बजे वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफन्तको जिम्मा लगाएको उनले बताएका छन्।
बडालले भनेका छन्, ‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ। तत्काल यसको छानबिन गरी दोषीहरूलाई कारबाही गर्न जोडदार माग गर्दछौं। अन्यथा यस किसिमका गतिविधिविरुद्ध कडाभन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी दिन चाहन्छौं।’
यस्ता गतिविधिले प्रहरी सदस्यहरूकै व्यवहारका कारण प्रहरीमाथि कुटपिटका घटना भएका त होइनन भन्ने गम्भीर आशंका उत्पन्न भएको उनले दाबी गरेका छन्।

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया