बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुती नभएको बताएका छन्।
आइतबार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताएका हुन्।
उनले भने, ‘दुई पार्टीको सरकार छ। तर देशमा स्थिरता छैन्। एउटा ऐन विधिपुर्वक ल्याएर पास गर्न सक्ने हुती सरकारसँग छैन। अध्यादेश ल्याउने त्यो पनि पास हुन्छ कि हुँदैन? हुने सम्भावना देख्दिन। फेल भयो भने यो सरकार के गर्छ।’
उनले बहुदलीय समाजवाद भन्नु भन्दा मात्र भएको बताए। उनले भने, ‘हामी अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नया युगमा छौं। अब प्राप्त गर्न बाँकी समाजवाद हो। अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो। त्यो बैज्ञानिक समाजवाद होइन। कसैले प्रजातान्त्रिक समाजवाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फन्डा हो।’
उनले सही वैचारिक राजनीतिक कार्यदिशा बनाउन नसके अप्ठेरोमा पर्ने पनि बताए।
भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा नयाँ पूर्नजागरणको बेला भएको बताएका छन्।
उनले देशको जुन परिस्थिति छ गणतन्त्रको पनि त्यस्तै अवस्था रहेको बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया