बिएल संवाददाता
कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भयो : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भएको बताएका छन्।
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदीय समितिमा विचाराधीन विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन्।
उनले भने, ‘दुई पार्टी सत्तामा छन्, उनीहरूमा दम्भ सवार भएको छ। त्यो दम्भ सवार भएकाले संविधान, कानून, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ। कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन्। तर असत्य धेरै दिन टिक्दैन। सबैलाई थाहा छ। संसदको समितिमा विचाराधीन भएका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन। कानूनको खुलेआम उलङघन गरेर सरकार अगाडि बढेको छ। कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको छ।’
उनले संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम गर्नुको पछाडि राम्रो नियत नभएको पनि बताए।
उनले भने, ‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ। यसका पछाडि राम्रो नियत देखिदैन।’
उनले पार्टीबाट जानेहरू घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया