बिएल संवाददाता
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि तोकिएको समयमा नहुने सम्भावना बढेको छ।
प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने तय भएको थियो। तर, अर्थ मन्त्रालयबाट ‘आर्थिक नम्स’ पास नहुँदा प्रतियोगिता फेरि पनि तोकिएको समयमा नहुने सम्भावना बढेको हो।
प्रतियोगिता सञ्चालनका लागि सरकारले ६० करोड बजेट विनियोजन गरेको छ। प्रतियोगिता सञ्चालनका उक्त रकम ‘कसरी खर्च गर्ने’ भन्ने योजना युवा तथा खेलकुद मन्त्रालयबाट अर्थ मन्त्रालयमा पेश गर्नु पर्ने हुन्छ।
खेलकुद पहिलोपटक सो आर्थिक नम्स अर्थ मन्त्रालयमा पेश गरेको थियो। तर, अर्थ मन्त्रालयले उक्त नम्समा प्रश्न उठाउँदै फिर्ता पठाएको छ। जवाफसहित आर्थिक नम्स पुनः अर्थ मन्त्रालयमा पठाउनमा खेलकुद मन्त्रालयले ढिलाइ गरेको छ।
खेलकुद मन्त्रालयले आर्थिक नम्स पेश गर्न ढिलाइ गर्दा फेरि पनि तोकिएको समयमा प्रतियोगिता नहुने सम्भावना बढेको छ।
आर्थिक नम्स समयमा पास भएन भने फेरि पनि प्रतियोगिताको समय परिवर्तन हुनेछ। आर्थिक वर्ष पूर्वाद्धतिर रहेकोले अर्काे समयमा प्रतियोगिता हुने सम्भावना न्यून रहन्छ। यो आर्थिक वर्षमा प्रतियोगिता हुन सकने भने ६० करोड बजेट फ्रिज हुनेछ।
पोखरामा भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गर्दै २०८१ मंसिर २ देखि ९ गतेसम्म गर्ने गरी मिति तय भएको थियो। तर, युवा तथा खेलकुदमन्त्री समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तेजुलाल चौधरीले समयमा बैठक नराख्दा मिति सरेको थियो।
खेलकुद मन्त्रालयको उदासीनता कारण फेरि पनि तोकिएको समयमा प्रतियोगिता समयमा ‘नहुने हो कि’ चिन्ता खेलकुद क्षेत्रमा छाएको छ।
‘प्रतियोगिता समयमा गर्ने कुरामा खेलकुद मन्त्रालय उदासीन देखिएको छ। मन्त्रीज्यूले प्रतियोगिताप्रति ध्यान नदिँदा फेरि पनि प्रतियोगिता समयमा नहुने सम्भावना बढेको छ’, राखेप सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)ले चिन्ता व्यक्त गरे।
उनले प्रतियोगिता सञ्चालन गर्ने विषयमा स्वयम् खेलकुदमन्त्री उदासीन देखिएको बताए। उनका अनुसार मन्त्री चौधरीले परिषद्को बोर्ड बैठकमा प्रतियोगिताका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने विषयलाई बेवास्ता गरेका छन्।
प्रतियोगिता समयमा हुनेमा शङ्का उत्पन्न हुँदा लामो समयदेखि तयारी गरिरहेका खेलाडीसमेत निराश भएका छन्।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया