बिएल संवाददाता
सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुर बस्ने कोमलबहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक छन्।
यसअघि नरेन्द्र देउला पाँचवटा चोरी मुद्दा र एउटा ज्यान मुद्दामा पनि संलग्न भएर कारागार र धरौंटीमा छुटेको पनि प्रहरीले जनाएको छ।
उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा गरी लगभग ११ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ।
पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले हत्याको आरोपमा र अन्य अपराधमा संलग्न व्यक्तिहरूलाई पनि सार्वजनिक गरेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया