बिएल संवाददाता
सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुर बस्ने कोमलबहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक छन्।
यसअघि नरेन्द्र देउला पाँचवटा चोरी मुद्दा र एउटा ज्यान मुद्दामा पनि संलग्न भएर कारागार र धरौंटीमा छुटेको पनि प्रहरीले जनाएको छ।
उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा गरी लगभग ११ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ।
पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले हत्याको आरोपमा र अन्य अपराधमा संलग्न व्यक्तिहरूलाई पनि सार्वजनिक गरेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया