बिएल संवाददाता
बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएर मतगणना सुरु भएको छ।
मंगलबार अबेर राति मतदान सकिएपछि बुधबार बिहान १० बजेबाट मतगणना सुरु भएको हो।
पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदमा ७० पदका लागि निर्वाचनबाट प्रतिष्पर्धा भएको हो। २० पदका उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन्।
पार्टीको अध्यक्ष पदका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्।
महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब र कोषाध्यक्षमा हरि रिजालसहित १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका पार्टीले जानकारी दिएको छ।
अध्यक्षका उम्मेद्वार भट्टराईले झण्डै पाँच दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलो पटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुँदा असीम हर्ष र गर्वको अनुभूति भएको बताएका छन्।
उनले भनेका छन्, ‘हालै सम्पन्न नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनद्वारा पारित युगीन महत्वको राजनीतिक तथा संगठनात्मक प्रस्ताव र नेतृत्व चयनमा अपनाइएको उन्नत प्रकृतिको समानुपातिकता सहितको प्रत्यक्ष निर्वाचन प्रणालीले नेपाली राजनीतिको पुनर्संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास!’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया