अनलाइनखबर
साथीलाई डीभी पर्यो। सबैले भने- कस्तो भाग्यमानी, अमेरिका जाने भो। खुसियालीमा भोज नै गर्यो उसले।
उसको बुबालाई पार्टीले चुनावको टिकट पनि यसैपालि दिएको। समाजमा दुई/चार दिन चिया गफ नै बन्यो। बाबुले चुनाव जित्नु अनि छोरालाई अमेरिका पठाउनु, हर्षको सीमा रहेन त्यो परिवारमा।
बाँझो खेतलाई उर्वरा बनाउन गाउँ फर्क अभियान चलाउँछु र युवा पलायन रोक्छु भन्ने प्रमुख नारा रहेको बाबुको घोषणापत्र आफ्नै परिवारको हकमा भने लागू भएन।
मास्टर्स सकेको काकाको छोरो ऋण काढेरै युरोप छिरेको दश वर्ष भइसक्यो। पीआर बनाउने चक्करमा अझै नेपाल फर्किएको छैन। ऋणको बोझ काँधमै राखेर भेन्टिलेटरबाट छोराको प्रतीक्षा गर्दागर्दै थाकेका काकाले जीवनबाट विश्राम लिए। पति वियोगमा रहेकी काकी भने छोरा फर्कने आशमा प्राण धानिरहेकी छिन्। कहिले पीआर बनेर छोरो फर्कने हो पत्तो छैन। काकाको उदाहरण दिंदै मेरा बाले ऋण खोजेर मलाई विदेश पठाउने हिम्मत गरेनन्। तर डीभी पर्ने मेरो आशा अझै मेटिएको छैन।
ठूलो दाजु लोकसेवा जागिरे। मैले परिवारका लागि दिएको लोकसेवाको जाँच पास गर्न सकिनँ। हुन त, दाजीले जागिर खाएर के नै प्रगति गरे र ? वर्षौं भयो, एउटा मोटरसाइकल समेत फेर्न सकेका छैनन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया