बिएल संवाददाता
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा छलफल अगाडि बढाउन तयार गरेको वैकल्पिक वित्त विकास परिचालन विधेयक फेल भएको छ।
माथिल्लो सदनमा सरकारले ल्याएको कुनै पनि विधेयक फेल भएको यो इतिहासमै पहिलोपटक हो। राष्ट्रिय सभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शून्य सहभागीता छ।
प्रतिनिधिसभाबाट अर्थ विधेयकको रूपमा अगाडि बढेको वैकल्पिक वित्त विधेयक ७ जेठमा पारित भएर राष्ट्रिय सभा पुगेको थियो।
सो विधेयक जेठ २२ गतेभित्र पारित भइसक्नु पर्नेमा विपक्षीहरूको अवरोधका कारण बैठक २६ गतेसम्मका लागि स्थगित भएपछि विधेयक फेल भएको हो।
विधेयक फेल भए पनि प्रतिनिधि सभाले अब सोझै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने बाटो खुलेको छ। प्रतिनिधिसभाले पारित गरेर पठाएको १५ दिनभित्र अर्थसम्बन्धी विधेयक राष्ट्रियसभाले पारित गरिसक्नुपर्छ। अन्यथा प्रतिनिधि सभाले प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठाउन सक्छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया