बिएल संवाददाता
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
पूर्वमन्त्री तथा कांग्रेसका प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने माग गर्दै आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन्।
उनले विश्वकर्मामाथि कारबाही हुनुपर्ने माग गरेका छन्। उनले अख्तियारमा दिएको उजुरीसहित फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज! हेरौँ कतिको इमानदार भएर काम गर्दो रहेछ! २४ करोडको हिनामिना देखिन्छ यहाँ!’
विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाको रेकर्डमा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको देखिएको साम्पाङको उजुरीमा छ।

सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया