बिएल संवाददाता
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
पूर्वमन्त्री तथा कांग्रेसका प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने माग गर्दै आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन्।
उनले विश्वकर्मामाथि कारबाही हुनुपर्ने माग गरेका छन्। उनले अख्तियारमा दिएको उजुरीसहित फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज! हेरौँ कतिको इमानदार भएर काम गर्दो रहेछ! २४ करोडको हिनामिना देखिन्छ यहाँ!’
विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाको रेकर्डमा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको देखिएको साम्पाङको उजुरीमा छ।

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया