बिएल संवाददाता
दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीको शर्मनाक हारपछि पूर्वमुख्यमन्त्री तथा पार्टीका प्रमुख नेता अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले हार स्वीकार गरेका हुन्। उनले भिडियो सन्देशमा जनताको निर्णय जे भएपनि विनम्रताका साथ स्वीकार गर्ने बताए।
केजरीवालले भने, ‘भारतीय जनता पार्टीलाई जितको लागि बधाई दिन्छु। मलाई आशा छ- उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन्। जनताले दिएको अवसरमा हामीले विगत १० वर्षमा धेरै काम गर्यौं, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा। त्यस्तै हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्यौँ।’
उनले आफूहरू सत्ताको लागि राजनीतिमा नआएको दाबी गर्दै संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र समाजसेवाका काममा बढी ध्यान दिने प्रतिवद्धता गरे।
२७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)को पुनरागमन हुने लगभग निश्चित बनेको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जित निकाल्दा ४६ सिटमा अग्रता लिएको छ।
आम आदमी पार्टीले पनि २ सिट जित्दा २० सिटमा मात्र अग्रता लिएको छ। नयाँ दिल्लीबाट आपमा प्रमुख नेता केजरीवाल पनि पराजित भएका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया