बिएल संवाददाता
महिलालाई लाग्ने विभिन्न किसिमका क्यान्सरहरूविरुद्ध जनचेतना जगाउने उद्देश्यले ‘पिंक केयरथन म्याराथन’ प्रतियोगिता आयोजना हुने भएको छ।
आगामी चैत ९ गते (मार्च २२)मा प्रतियोगिता आयोजना हुने आयोजक लिजरपोर्ट नेपालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। प्रतियोगिता जावलाखेल खेल मैदानबाट सुरु हुनेछ।
सन २०१७ देखि सुरु गरिएको प्रतियोगिताको यो पाचौं संस्करण हो। प्रतियोगिताका उत्कृष्ट तीन विजयीहरूलाई ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
अन्य विधामा विजयीहरूका लागि आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको आयोजक लिजरपोर्ट नेपालका प्रमुख नवराज जोशीले जानकारी दिए।
कार्यक्रममा एथलिट सन्तोषी श्रेष्ठ, अभिनेत्री उषा रजकलगायतले महिलालाई क्यान्सर रोगको जोखिमबाट जोगाउन यस्ता कार्यक्रम फलदायी हुने विचार राखेका थिए।


सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया