बिएल संवाददाता
जमलस्थित राष्ट्रिय नाचघरमा ‘नेपाल–भारत रंग महोत्सव’ सुरु भएको छ।
बुधबारदेखि सुरु भएको महोत्सवलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहित नेपाल र भारतका विशिष्ठ व्यक्तित्वलगायत रंगकर्मीहरूरुको उपस्थिति रहेको थियो।
महोत्सवको पहिलो दिन बुधबार नेपालको ‘...गच्छामी’ नाटक मञ्चन भएको छ। यो नाटकका निर्देशन सुनिल पोखरेलले गरेका हुन् ।
माघ ३० गतेसम्म चल्ने महोत्सवमा नेपालका तीन र भारतका तीन गरी छ वटा नाटक मञ्चन हुनेछन । जसमा नेपालका ‘...गच्छामी’, दीया मास्केद्धारा निर्देशित ‘कथा कस्तुरी’ (माघ २४ गते) र नम्रता केसीद्धारा निर्देशित ‘जून–परीकथा मात्र होइन’ (माघ २७ गते) तथा भारतका अजय कुमारद्धारा निर्देशित ‘माई री मै कासे कहूँ’ (माघ २८ गते), राजेश सिंहद्वारा निर्देशित ‘बाबूजी’ (माघ २८ गते) र चितरंजन त्रिपाठीद्वारा निर्देशित ‘ताजमहलका टेंडर’ (माघ ३० गते) रहेका छन्।
यी नाटकहरू हरेक दिन साँझ ५ बजेबाट मञ्चन हुने जनाइएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया