बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादीले सुरू गरेको १० वर्षे जनयुद्ध ‘हिंसा’ नै रहेको टिप्पणी गरेका छन्।
अछाममा आयोजित पत्रकार सम्मेलनमा बादलले जनयुद्ध भनेको हिंसा नै भएकोले हिंसामा मर्ने र मार्ने हुने टिप्पणी गरेका हुन्।
‘जनयुद्ध भनेको हिंसा नै हो। जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो, हिंसामा मर्ने र मार्ने हुन्छ। ओलीको भनाईमा मेरो आपत्ति छैन। यो कुरालाई माओवादीले पनि मान्छ। मार्क्सवादीहरुले मान्छ, युद्ध हिंसा भनेको वर्ग संघर्ष हो। हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो। वाक युद्ध वा शान्तिपूर्ण प्रदर्शन पनि हुन्छ। प्रत्येक हिंसा चाहिँ युद्ध होइन फेरि, युद्ध भनेको राजनैतिक आन्दोलन र संघर्षको उच्चतम रूप मान्छ मार्क्सवादले।’
उनले नेकपा गठन हुँदा नै १० वर्षको सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको बताए।
बादलले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गर्दै माओवादीहरूको स्टन्टबाजी मात्र भएको टिप्पणी गरे। उनले जनयुद्ध दिवस मनाउँने माओवादीको गलत डिसिजन भएको दाबी गरे।
‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन, माओवादीहरूको एक ढंगको स्टनबाजी हो। गणतन्त्र दिवस मनाउने हो, क्रान्ति पूरा गरेकाले गणतन्त्र दिवस मनाइएको हो, त्यो मनाइरहिएको छ। जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया